माउन्ट एभरेष्ट सेवा समाजले गर्यो मृगौला पीडितलाई आर्थिक सहयोग, विरामीको अनुरोध ‘म बाँच्न पाउँ’ (भिडियो सहित)

देवीप्रसाद खनाल । प्रकाशित मिति : शनिबार, बैशाख २८, २०७६

माउन्ट एभरेष्ट सेवा समाजले मृगौला रोग लागी लामो समयदेखि उपचाररत रहेकोले आर्थिक सहयोग गरेको छ । उनी आफ्ना श्रीमान योनस भुजेल र एक छोरा सहित काठमाडौंको बालाजुमा बस्दै आएकी छिन् । उनको स्थायी घर दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. १ हो ।

माउन्ट एभरेष्ट सेवा समाजले आफ्नै सदस्यहरुबाट उठाएको रु. ३१,१५०।– (रु. एकतीस हजार एक सय पचास रुपैया) आर्थिक सहयोग स्वरुप मृगौला पीडित राईलाई संस्थाका नेपालस्थित अध्यक्ष देवीप्रसाद खनाल, कोषाध्यक्ष पासाङ लमु तामाङ तथा सदस्य शर्मिला राईले हस्तान्तरण गरेका हुन् ।

आजसम्म कहीँ कतैबाट पनि आर्थिक सहयोग नभएको र दुवै मृगौला फेल भएपछि घरमा पनि त्यति राम्रो नभएको कारण आफूलाई बाँच्न मन भएर पनि दुःख खेप्नु परेको पीडितले बताईन । उनी भन्छिन् माउन्ट एभरेष्ट संस्था भगवान बनेर आयो अब मलाई बाँच्ने आसा पलायो । उनले आफूलाई आर्थिक रुपमा सहयोग गरी आफ्नो जीवन बचाई मानवीय धर्म गर्नको लागि देश तथा विदेशमा रहनुहुने मनकारी महानुभावलाई अनुरोध गरेकी छिन् ।

उनका श्रीमान पेन्टर मजदुर हुन् र उनी पेन्टिङ गरेर आएको मजदुरीले आजसम्म उपचार गर्दै आएको तर अब आर्थिक रुपमा धेरै नै संकट पर्दै गएको कुरा बताउँछन् । काम गर्ने ठाउँमा पनि आफ्नो नाजुक अवस्था बताउँदा बताउँदै पनि ठेकेदारले समयमा पैसा नदिने गरेको गुनासो समेत पोखे ।

अरु अरु मृगौला पीडितलाई मिडियाले पनि सहयोग गरेको तर आफूलाई कसैले पनि चासो नदेखाएको गुनासो पोखे । एक पटक त मिडियाकर्मी भाग्य न्यौपानेलाई समेत सम्पर्क गरेको तर आफूले कुनै सहयोग गर्न नसक्ने बताएका थिए ।

सहयोग गर्न चाहनुहुनेले माउन्ट एभरेष्टको फेसबुक पेज https://www.facebook.com/mounteverestgroup1/ मार्फत सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिएको छ । साथै माउन्ट एभरेष्ट सेवा समाजका प्रवक्ता योगेशराज दाहालको फेसबुक पेज https://www.facebook.com/yogesh.dahal.16 मा उहाँलाई सिधै सम्पर्क गरी सहयोगको हात बढाउन सक्नुहुनेछ ।

भिडियोः