“हामी जित्नेछौं एक दिन” का गायक पिट सीगर बारे

जय कार्की प्रकाशित मिति : शुक्रबार, बैशाख २०, २०७६

पिटर सिगर र उनका नाती अमेरिकी राष्ट्रपति बाराक ओबोमाको सपथ ग्रहण समारोहमा

सुप्रशिद्ध अमेरिकी लोकगायक पिट (पिटर) सीगरको जन्म आजकै दिन अर्थात मई ३, १९१९ मा अमेरिकाको म्यानहाटनमा भएको थियो । आज यी गायकको १०० यौं जन्म दिवस हो । उनको जीवनीबारे कम्युनिष्ट पार्टी अफ युएसएको अनलाईन वर्कर्स वल्र्डले उनको जीवन इतिबृत्तान्त बारे रचना र गीतहरु प्रस्तुत गरेको छ ।उनी अमेरिकी लोक गायकका नामले निकै परिचित थिए । संगीत क्षेत्रको अति महत्वपूर्ण ग्राम्मी अवार्ड लगायत कैयौं सम्मानद्धारा सम्मानित थिए उनी ।पिटर सिगर र उनका नातीले अमेरिकामा पहिलो पटक कालाजातिका राष्ट्रपति बाराक ओबोमाको सपथ ग्रहण समारोहमा हामी जित्नेछौ जित्नेछौं र यो मातृभूमि तिम्रो पनि हो हाम्रो पनि हो बोलको गीत गाएर सबैको मन जित्न झनै सफल भएका थिए ।

सामाजिक कार्यकर्ताको हैशियतले पनि निकै चर्चामा रहेका पिटले अन्याय अत्याचार, दमन धरपकड, भियतनाम युद्ध,स्पेनमा चलिरहेको फासिष्ट फ्राँकोले चलाएको युद्ध, उपनिवेशबादी नीति, काला जातिमाथि गरिने बर्बर आतंक श्रमिकहरुको पक्षमा न्यायको माग गर्दै उनीहरुको आन्दोलनमा साथ दिएकोले र श्रमिकहरुको पक्षमा गीत रचेर गाएर जनमत तयार गरेकोले कम्युनिष्ट भएको आशंका गरी कालो सूचिमा राखिएको थियो । मजदुरको आन्दोलनको समर्थनमा रचेको र स्वरबद्ध गरेको एउटा गीतको बोल नै यदि मसित घन हुँदो हो त भनि जोशिलो गीत गाएका छन ।
कानुनी तथा अदालति अनुसन्धानबाट प्रमाणित पनि भएन उनी सरकार सामु झुक्ता पनि झुकेनन । उनले जनताको पक्षमा जिवन पर्यन्त गाउन पनि छाडेनन । हामी जित्ने छौ हामी जित्ने र्छौं बोलको गीतलाई इन्टरनेशनल गीतको नयाँ कडि भनि अत्यधिकले अझै पनि उत्तिक्कै मन पराईरहेका छन भन्नु हुन्छ रेडियो डेमोक्रयासी नाउ रेडियो की प्रस्तोता एमी गुडम्यान ।
सो गीतलाई नेपालीमा प्रगतिवादी वरिष्ठ गायक रामेश स्वयंले अनुवाद तथा संगीतबद्धगरी आफैले गाउँनु भएको छ । यो गीत नेपालमा पनि त्यत्तिक्कै लोकप्रिय रहेको छ । गायक रामेशको दुई दर्जनभन्दा ठूलो संगीत मण्डलीले १०० औं अक्टोबर क्रान्ति दिवसको समापन समारोहको लागि अन्तिम गीतकोरुपमा गाएको थियो । त्यसपछि यो गीत झनै लोकप्रिय भएको छ ।

 

प्रगतिवादी गायकहरु रामेश–रायन,प्रोफेसर माणिकलाल श्रेष्ठ,पारिजात स्मृति पुरस्कार विजयी श्रीमती …माली तथा स्तम्भकार जय कार्की
अंग्रेजी भाषामा अति सामान्य र सबैले सहजै बुझने शैलीमा रचित यो गीतले बोकेको भावनालाई आत्मासाथ गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । पिट सीगरप्रति फेरी एकपटक गहिरो संझाना सहित उहाँको गीत । यो गीत जोन बायज लगायत अरु अरु गायकहरुले पनि केही नयाँ शैलीमा गाएका छन । तर सबैभन्दा मीठो शैलीमा गायक रामेसले गाएको महशुस भयो किनकी मातृ भाषामा भएकोले र उहाँको गाउँने शैली नै निकै फरक पनि छ ।

गीतकार: पिट सिगर
संगीत तथा स्वर: रामेश श्रेष्ठ

हामी जित्ने छौं
हामी जित्ने छौं
हामी जित्ने छौं
हो हो
हृदयदेखि विश्वास गर्छौं
हामी जित्नेछौं
एक दिन

एक जुट हुँदैछौं
एक जुट हुँदैछौं
एकजुट हुँदैछौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन

हामी निडर छौं
हामी निडर छौं
हामी निडर छौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं
एक दिन

सत्यले जित्नेछ
सत्यले जित्ने छ
सत्यले जित्ने छ
एक दिन
हो हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन
विजयी बन्ने छौं
विजयी बन्नेछौं
विजयी बन्नेछौं
एक दिन
हो हो
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं एक दिन

मिलेर बस्नेछांै
मिलेर बस्नेछौं
मिलेर बस्नेछौं
सबै
हो हो
हृदयदेखी विश्वास गर्छौं
हृदयदेखी विश्वास गर्छौं
हृदयदेखी विश्वास गर्छौं
हामी जित्नेछौं हामी जित्नेर्छौं
हामी जित्नेछौं
एक दिन

स्मरणीय नै छ यी जनगायक पिट सीगर जनवरी २७, २०१४ मा ९४ बर्षको उमेरमा दिबंगत भएका थिए ।