रोग निरोधक र रोग प्रतिरोधक स्याउ

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६

१. स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउनमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ ।
२. स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसन्चारलाई यथावते् राख्न पनि सघाउ पुर्याउँछ ।
३. स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः घट्दै जान्छ ।
४. स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।
५. नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाटहुने हृदयघात, डायविटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन ।
६. मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।