आज १४९औं लेनिन जयन्ती, विश्वभर उनको सम्झना गरिँदै (संक्षिप्त जीवनी)

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, बैशाख ९, २०७६

काठमाडौं/ आज अप्रिल २२ तारिख व्लादिमीर इलीइच उल्यानोव (लेनिन)को १४९ औँ जन्मजयन्ती मनाइदैँछ । विश्वभरका कम्युनिष्टहरुले लेनीनलाई सम्झदै लेनिन जयन्ती मनाउने गरेका छन् । विश्वका महान् समाजवादी चिन्तक संगठक एवं दार्शनिक लेनिनको जन्म १८७० अप्रिल २२ तारिखमा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदप्को किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ र माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो ।

२० औँ शताब्दिका विश्वका सबैभन्दा प्रभावशाली नेता हुन् लेनिन । उनकै नेतृत्वमा विश्वमा पहिलो पटक रुसमा सोभियत सत्ता अर्थात कम्युनिष्ट सत्ताको स्थापना भएको थियो । लेनिन एक कुशल संगठक मात्र थिएनन्, एउटा राम्रो सिद्धान्तकार पनि थिए । मार्क्सवादमा थप योगदान दिदैँ मार्क्सवादको तीनवटै संगठक अङ्गमा लेनिनले योगदान दिएका छन् ।

दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादमा लेनिनले पुर्याएको योगदानलाई लेनिनवादको रुपमा संश्लेषण गरिएको छ । लेनिनले सन् १९१७ मा रुसको सत्ता आफ्नो हातमा लिएपछि युद्धसमाजवादी अर्थनीति अपनाए भने सन् १९२२ मा नयाँ आर्थिक नीति (नेप) ल्याए । रुसमा मानवजातीले पहिलो पटक शोषणरहित समाजवादी राज्यव्यवस्था स्थापना गर्यो । जुन लेनिनकै नेतृत्वमा सम्भव भएको थियो । सन् १९२२ मा एउटा कार्यक्रममा सहभागि हुँदा लेनिनमाथि गोली प्रहार भएको थियो । त्यसपछि झण्डै २ वर्ष विरामी अवस्थामा रहेका लेनिनको सन् १९२४ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । लेनिनको श्रीमती नादेव्ज्दा क्रुप्सकाय हुन् ।

उनीहरुको सन्तान भने भएको थिएन । तेस्रो अन्तर्राष्ट्रिय गठनमा महत्वपूर्ण योगदान दिएका लेनिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नेता समेत हुन् । उनीले सोभियत कम्युनिष्ट पार्टी मार्फत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याउने नीति लिए । जसको फलस्वरुप उनको मृत्युपछि झण्डै आधा विश्वमा कम्युनिष्ट पार्टीको शासन चल्यो । लेनिनले स्थापना गरेको सोभियत संघ र कम्युनिष्ट पार्टी सोभियत संघमा १९९० मा विघटित भयो । यद्यपी आजपनि विश्वभर मार्क्सवाद र लेनिनवाद प्रति आस्था राख्नेहरुले लेनिनलाई उच्च सम्मानका साथ सम्झने गरेका छन् । (source: samachardainik.com)