नुवाकोट–रसुवा अन्टुफको संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति : आइत, बैशाख ८, २०७६

यही बैशाख ७ गतेका दिन अन्टुफ नुवाकोट र अन्टुफ रसुवा जिल्ला कमिटीको पहलमा नुवाकोटको बिदुरमा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अध्यक्ष बेद मुडभरीले जानाकारी दिनुभएको छ ।
सो कार्यक्रमलाई प्रमुख अतिथि नेकपा पार्टी नेतृ बिमला सुबेदी, अन्टुफ प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरी, रसुवाका अन्टुफ अध्यक्ष असिम लामिछाने तथा नुवाकोट अन्टुफका अध्यक्ष बेद मुडभरी लगायतले सम्बोधन गर्नुभएको थियो । प्रशिक्षणमा मुलत सामाजिक सुरक्षा ऐन, श्रम ऐन तथा न्युनतम बेतनको कार्यान्वयनको विषयमाथि केन्द्रित भएपनि संगठन विस्तारलाई जोड नदिएसम्म मजदुरका आवाज कम्जोर रहने भएकोले संगठन विस्तार र सुदृढिकरणलाई जोड दिनुपर्छ भनिएको थियो ।
१३० औं अन्तर्राष्टिय श्रमिक दिवसलाई सामाजिक सुरक्षाको कार्यान्वयनका लागि मजदुरहरुलाई पंजिकरण गर्न दवाव सिर्जना गर्ने पनि भएका छन ।