खजुरीको कम्पनीबाट निष्काशित र निलम्बित मजदुरहरुलाई तुरुन्त पुनरबहाली गर, नत्र आन्दोलन गर्छौं ।

प्रकाशित मिति : शनिबार, बैशाख ७, २०७६

बैशाख ७, ललितपुर
अन्टुफ ललितपुर महानगर कमिटीले सामाजिक सुरक्षा ऐन कार्यान्वयन विषयक गोष्ठी सम्पन्न गरेको छ । जय कार्कीको प्रमख आतिथ्यतामा आयोजित गोष्ठिलाई उपाध्यक्ष एसबी थापा, गोमा लामा, लक्ष्मी ढकाल, खगेन्द्र धिमाल लगायतले सम्बोधन गर्नु भएको थियो भने अन्टुफका प्रशिक्षक तथा प्रदेश ३ का उपाध्यक्ष रामचन्द्र कार्कीले सामाजिक सुरक्षा ऐन, श्रम ऐन कार्यान्वयनबारे झण्डै दुई घण्टासम्म पढाउनु भएको थियो । कार्यक्रमको संचालन अन्टुफ ललितपुर महानगरपालिकाका अध्यक्ष होमबहादुर खड््काले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा अधिकाँश सहभागीहरुले खजुरीको कम्पनीले सामुहिक सौदाबाजीको लागि कार्यदल गठन हुन लागेको सुचना पाएपछि युनियनका नेताहरुलाई षडयन्त्रपूर्ण ढंगले निलम्बन र निष्काषन गरेकोमा आक्रोश ब्यक्त गर्दै तत्काल पुनरबहाली गर्न उनीहरुले माग गर्दै मजदुरको विपक्षमा अनर्गल दुश्प्रचार गर्दै मजदुर विरोधी गतिविधिमा सामेल साँसद र पार्टीलाई समेत त्यसो नगर्न अनुरोध गरेका छन । मजदुर निष्काषनमा सहयोगी भूमिका खेलेकोमा मजदुरहरु चकित परेका छन । आजै अनौपचारिक क्षेत्रमा मजदुर संगठनहरु, गलैंचा मजदुर संघ, होटल मजदुर संघ,धातु मजदुर संघ, सेक्युरिटी मजदुर संघ लगायत विभिन्न पेशागत संगठनहरुले ऐक्यबद्धता जाहेर गर्दै तत्काल विरोधका कार्यक्रम गर्न दबाब गरिरहेका छन ।
प्रशिक्षण कार्यक्रममा १३० औं मई दिवसका लागि सबै कमिटीहरुको परिचालन गरी संयुक्त मई दिवसलाई ऐतिहासिक बनाउन सहमत भएका छन ।