निर्माण मजदुरको काठमाण्डौ महानगर कमिटीद्धारा जेष्ठ नागरिकलाई सम्मान

प्रकाशित मिति : बिहिबार, बैशाख ५, २०७६

पेरिसडाँडा, कोटेश्वर
Rajendra Rumba, अखिल नेपाल निर्माण मजदुर संघ काठमाडौं महानगर पालिकाद्वारा आयोजित भित्तेपात्रो बिमोचन कार्यक्रम तथा महानगरका अध्यक्ष जीवन राईको ३८ औं जन्मोत्सवको अवसरमा १०५ बर्षिय बृद्धा आमालाई सम्मान कार्यक्रम सम्पन्न भएकोछ।
कार्यक्रममा महासंघ अध्यक्ष गणेश रेग्मी प्रमुख अतिथिको रुपमा आसिन हुनु हुन्थ्यो भने महासंघ उपमहासचिव तथा निर्माण परिषद ईन्चार्ज राज कुमार लामा विशेष अतिथिको रुपमा आमन्त्रित हुनु हुन्थ्यो। एवंप्रकारले अतिथिमा महासंघका उपमहासचिव तथा महासंघ महिला कमिटी अध्यक्ष बिष्णु थापा मगर, महासंघ प्रदेश नं. ३ अध्यक्ष पिताम्बर गिरि, निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामा, उपाध्यक्ष नरहरी अर्याल, उपमहासचिवहरु द्वय राजेन्द्र रुम्बा र बिनोद भण्डारी, केन्द्रीय सदस्यहरु कमलमान श्रेष्ठ, रिता उप्रेती, प्यारी कुमारी राई, केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष मदन बराइली, उपाध्यक्ष सचिव कृष्ण बहादुर खत्री, सचिव सुरज तामाङ, कोषाध्यक्ष रामकृष्ण डंगोल लगायत विभिन्न नगरपालिकाका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुको बाकिलो उपस्थिती थियो।


शुभकामना मन्तव्यको क्रममा अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामाले आगामी बैशाख १८ गते वा May 1st १३० औं विश्व श्रमिक दिवसको कार्यक्रम विवरण बताउनु भयो भने महासंघ अध्यक्ष गणेश रेग्मीले आगामी विश्व श्रमिक दिवसको बारेमा प्रष्ट्याउदै श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई श्रमिक मजदुरहरुको पक्षमा कार्यन्वयन गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै हामी समस्त संगठनमा आबद्ध नेतृत्वहरु समय सापेक्ष रुपमा संगठन निर्माण गर्दै अगाडि बढ्नु पर्छ भन्नू भयो।