तनखा

व्यङ्ग्य

कृष्ण शर्मा सुमु  प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६

तँँ खाँदै नखा । अरुलाई नि खुवा भन्ने कुरालाई तनखा भन्छन होला ।ठाउँ हेरेर यसको नाम दिएको होला ठूलो ठूलो टाउको भएकोहरु।
तलब, तनखा,पैमेन्ट, हाजिरा, दक्षिणा, दान,वैज ,मूल्य, माल, भाडा, किराया ,बनोस् ,पेन्सन, आदि इत्यादि नाम भए पनि लास्टमा पाउने आखिर त्यही हरियो नोट नि हो।
हुनु पनि हो। कसैले सहि सोचेर नि सहि नाम दिए होला। अब टेबल मुनीबाट दिनेलाई घुस भन्छन।आखिर दिने त त्यही नोट नि हो।
फरक केवल छ त नाममा मात्र छ। दिने एकै चिज हो।
अब त्यही पैसा दानमा दिए दक्षिणा रे । घुसमा दिए खराब रे।
यो दिने र लिने कुरा पनि बिचार र भावसित सम्पर्क पो छ कि जस्तो लाग्छ।यसो फुल र टीका हालेर दिनु वाइट मनी हुन्छ ।अलिकति हातलाई माथि तल गरेर दिनु घुस कि भुसा हुन्छ हैट कुरा नि।
अब मुनाफा कमाउनु त प्रफिट रे १ त्यही कुरा झ्याप हान्नु चोर रे १ बुझ्न नसक्नु यो खोसेलाको कुरा पनि।

यो हेर्दा सानु देखिने भुडी छ नि, यो कहिले न भरिने टैंकी हो।यो टैंकी भर्ने चक्करमा हामी के के काम गर्छौं गर्छौं ।कति सफेद इज्जतदार हुन्छ कति गलत।
तर पाउँने भनेको पैसा हो । यही पैसालाई मानिसले नानाभाँती नाम दिएका छन।
अब म पनि सबले बुझ्ने कुरालाई फनफनी घुमाईरहेको छु हावामा।सबलाई थाहा छ नि तनखा बारे । तर अरुको कुनी तर आफ्नु चै महिनाको बिच नपुग्दै हात खाली भएको देख्दा तँ न खा हुन्छ र नि।
खै तनखा पनि महिना भरिको बाँकी सम्झिन्दा न चढ भन्नु मन लाग्छ फेरि खाई नखाई खटेको कुराले यो महिना पो बाँच्छ कि भन्दा भन्दै आधा जिन्दगी त लौका जस्तो झुन्डी सक्यो।
रासनवाला,केबल लाईन,स्कुल फि,बिजुली बिल,दुधवाला,मरौं,बिवाहा,बर्थ डे,लुगाफाटा,के के हो हो कमाउने एकजाना तिर्नु पर्ने कता कता ।
खानु मन लागेको चिज पनि थुकसरि भएर हैट तनखाले महिना चलाउनु साह्रो हुन्छ भन्दै दोकान छेउबाट फर्किनु पर्छ।
हुनु पनि भगवानले मानिसलाई बनाउँदा कि एकदम नि धनी बनाउनु कि त एकदम नि गरिब। यो मध्य वर्ग ठिक होईन जस्तो लाग्छ मलाई।फेरि के दोष दिनु भगवानलाई पनि बिचाराले कस कसलाई पनि दिउन त।उनलाई दिने कोहि छैन ।यसरी मन बुझाउँछु म त।
तँ न खा भनेर कसले नाम दियो होला रुरुरु
खानु पनि साँच्चै नपाई खतम हुने चिज हो यो तनखा।
दुख बिमारी कतै कोही होस त घरमा अपुई ……. नभनु त्यस समय त मान्छेको टुप्पीबाट धुवाँ आउँछ।
खै माकुराको आमा जस्तै जिन्दगी।अरुको रहरहरु पूरा गर्दा गर्दै सर्वोच्च सकिन्छ ।
यो तनखा बैंकमा चढेको दिन नि, … हजुर…… महिना भरि गरेको दुख हरण हुन्छ। जस्तो जस्तो दस पन्ध्र दिन हुन्छ उहीँ कान्छा बाउको अनुहार हुनू थाल्छ फेरि।

तर जे होस आजको दुनियाँ चलाउने यो तनखा ।खानु पाए पनि नपाए पनि यसको इज्जत अलग नि छ।कसैलाई प्याट भनु सक्नु हुन्छ खै ……… खै ……अलिकति ऋण पाउ त तनखा चढेर दिन्छु भन्दा हुन्छ।
आखिर तनखा बारे जस्तै बात गरे पनि आज सम्म बचाएर लुरु लुरु हिँडनु मद्दत दिएको नि छ ।