तर …..एउटै हो

कविता

आनन्द क्षेत्री, सिक्किम प्रकाशित मिति : मङ्लबार, बैशाख ३, २०७६

 

आनन्द क्षेत्री, सिक्किम

देश अलग हुन सक्छ
भाषा अनेक हुन सक्छ
सम्झे रगत एउटै हो।
सोँच अलग हुन सक्छ
विचार अनेक हुन सक्छ
हेर्ने आँखा एउटै हो।
गति अलग हुन सक्छ
बाटो अनेक हुन सक्छ
पुग्ने ठाँउ एउटै हो।
खुशी अलग हुन सक्छ
दुखाई अनेक हुन सक्छ
झरने आँसु एउटै हो।
धर्म अलग हुन सक्छ
जात अनेक हुन सक्छ
तर साइनो एउटै हो।
भाव अलग हुन सक्छ
बुझाई अनेक हुन सक्छ
तर दर्शन एउटै हो।
सिद्धान्त अलग हुनु सक्छ
निति अनेक हुन सक्छ
तर विश्वास एउटै हो।