मई दिवसको तयारीमा जुटयो महासंघ

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्यतापूर्वक मनाउने योजनासहित अखिल नेपाल टे«ड युनियन महासंघको बैठक सम्पन्न भएको छ । आजैबाट राजधानीमा हुने केन्द्रीय कार्यक्रमको रुपरेखा कोरेको छ । त्यसका लागि सम्पूर्ण पेसागत संगठनहरुलाई चलायमान बनाउन सबै किसिमका कार्यक्रमहरु संचालन गर्ने भएको छ । महासंघले बैशाख १३ गतेका दिन केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ त्यसैगरी अवस्था र समय मिलाएर सामाजिक सुरक्षा कार्यान्वयनको माग गर्दै राजधानीमा प्रभातफेरीको आयोजना गर्ने भएको छ ।
राजधानी बाहिर आआफनो अनुकुलतामा अनिवार्यरुपमा भव्यतापूर्वक समसामयिक मागहरुलाई प्रस्तुत गर्दै कार्यक्रम गर्न सर्कुलर जारी गरिसकेको छ ।
अन्टुफ बैठकले चिया मजदुरहरुको आन्दोलनलाई पूर्ण समर्थन गर्दै तत्काल समाधानको बाटो खोज्न माग गरेको छ । यदि यसरी विलम्ब गरिरहने हो भने मजदुरहरुले के के गर्छन त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने पनि ठहर गरेको छ ।