सामाजिक सुरक्षा ऐन र श्रम ऐन जस्तोसुकै बाधा अडचन आएपनि लागू गरेरै छाडने

प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

आईटियुसीएनएसी (ITUC-NAC) को आयोजनामा आजबाट भक्तपुर जिल्लामा ५ दिने आवासिय राष्ट्रिय प्रशिक्षकहरुका लागि पुनरताजगी तालिमको शुरु गरेको छ । भक्तपुर गेष्टहाउसमा संचालन भैरहेको उदघाटन समारोहलाई आईटियुसिएन्एसीका अध्यक्ष पुस्कर आचार्य, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ तथा अन्टुफका अध्यक्ष गणेश रेग्मीले सम्बोधन गर्दै तालिमको सही उपयोग गर्दै संगठन निर्माणको लागि ध्यान दिएको खण्डमा मात्र तालिमको खास अर्थ रहने कुरामा बढि जोड दिएका थिए ।
उहाँहरुले सामाजिक सुरक्षा ऐन र श्रम ऐन जस्तोसुकै बाधा अडचन आएपनि लागू गरेरै छाडने त्यसका लागि जेटियुसीसिमा आवद्ध सबै महासंघहरुलाई समेटेर सरकार, विपक्षी दलहरु तथा ब्यवसायिक संगठनहरुले अब आनाकानी गर्न मिल्दैन भन्नु भएको छ ।
त्यसैगरी चिया मजदुरहरुको आन्दोलनलाई तत्काल सम्बोधन गर्न र ऐनले तोकेको बेतन र सुबिधा लागू गर्नुको विकल्प नरहेको बताएका छन ।
कार्यक्रमको संचालन सल्लाहकार परिषदका संयोजक जय कार्कीले गर्नु भएको थियो भने आजको प्रशिक्षण एलओएफटिओका बुद्धि आचार्यले विभिन्न सैली प्रयोग गरी पढाउनु भएको थियो कार्यक्रममा ३ वटा महासंघबाट ३५ जनाको सहभागिता रहेको छ भने कार्यक्रमको समापन अप्रिल १८ मा हुने भएको छ ।