आखिर मोदीको हेलिकप्टरबाट लगिएको संकास्पद कालो बाकसमा के थियो ?

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, बैशाख २, २०७६

बीबीसी/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट एउटा संदिग्ध कालो बाकस निकालेर लैजाँदै गरेको घटनाको छानबीन गर्नुपर्ने भन्दै कांग्रेसले माग गरेको छ ।

कांग्रेसका अनुसार मोदीको कर्नाटकमा चित्रदुर्गको चुनावी यात्रामा यो बाकसलाई हेलिकोप्टरबाट उतारिएको थियो । कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीलाई यसबारे स्पष्टिकरण दिन माग गरेको छ । आनन्द शर्माले चुनावी आयोगको बाकसका सामग्री अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको कर्नाटक इकाईले पहिले नै यसबारे निर्वाचन आयोगमा उजुरी दर्ता गरिसकेको शर्माले जानकारी दिएका छन् ।