यो समाजवादी रङको बिरूद्धमा

शरद पौडेल प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०७५

शरद पौडेल

समाजवादको रङ
नारी स्वतन्त्रताको नाऊँमा
सुन्दरी प्रतियोगितामा
नारिएर
क्रमश नाङ्गीदै गएकी
आफ्नै बहिनी र छोरीहरूमा
हेर्नुपर्ने ?
समाजवादको रङ
उदारवाद र खुला
अर्थतन्त्रको नाऊँमा
मुनाफाखोर पुँजीपतिहरूले
गरीप मारेर जम्मा गरेको
कालो धनले निर्माण गरेको
राष्ट्रिय अर्थतन्त्रमा
पढ्नु पर्ने ?
समाजवादको ढङ
लाोकतान्त्रीक शासनको
नाऊँमा
मुट्ठीभर शासकहरूले
कमारा ठान्दै
सारा नागरिकहरूलाई
कजाईरहेको शासनमा नै
बुझ्नु पर्ने ?
कोही त भन,
के यहि हो समाजवाद ?
हो यहि
यदि साँच्चिकै भने,
म मुट्ठी उचालेर भन्छु
स्त्री मारा यो झुत्रे
समाजवाद-मुर्दावाद ।
गरीप्मारा यो झुत्रे
समाजवाद -मुर्दावाद ।।
कमारावादी यो झुत्रे
समाजवाद-मुर्दावाद ।।।