३० वर्षसम्म लगातार सत्तामा रहेका सुडानी राष्ट्रपति ओमरलाई सेनाले गर्यो पदच्युत

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०७५

एजेन्सी/ सन् १९८९ देखि लगातार ३० वर्षसम्म सत्तामा रहेका सुडानका राष्ट्रपति ओमार अल–बासरलाई बिहिबार सेनाले सत्ताच्युत गरेको छ । यतिबेला ओमारलाई हिरासतमा लिइएको छ । सुडानमा तीन महिनाको लागि आपतकालिन अवस्थाको घोषणा गरिएको छ । हाललाई २४ घन्टाका लागि त्यहाँका विमान सेवा बन्द गरिएको छ । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शनमा ४९ जनाको मृत्यु भएको थियो । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग थियो ।