मपाईंवाद -कृष्ण शर्मा सुमु

 व्यङ्ग्य 

प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

मलाई कसैले तपाईं भन्नु पर्दैन तर तिमी र तँ जस्तो शब्दको प्रयोग गरेर नेपाली व्याकरणका तपाईं शब्दलाई मैला गर्नु पनि पर्दैन ।
कसैले तपाईं भन्दा नि म ठूलो हुन्छ भने धारणा नि छैन।
तिमी,तँ जस्तो अप्रिय शब्द बोलेर सम्बोधन गर्नु हुन्छ भने न बोली दिए ठिक।सबै बोल्नु पर्छ भने छैन।समयको अन्तरालमा छिटो जन्म लिदै नि हेप्नु पाईन्छ भने संक्रमित बिचार धारा बोक्नु हुन्छ भने एक झोला खाता किताब लिएर जानू भएको स्कुलको कुनै अर्थ छैन।

मलाई अरुले तपाईं भनेर चानाको झाडीमा नचढाए हुन्छ।अरुले जे सुकै भन्नू म मपाईवादमा बिश्वास गर्ने मान्छे।अरुले तपाईं ,ज्यु ,हजुर ,नभने पनि म आफै मपाई हुने मान्छे।
मपाईवाद सानू तिनो वाद होईन।ठुल ठुलोलाई पुकुलुकै पार्ने अवसरवाद। सानू मुटु लिएर मपाईवादको अध्यक्षता समाल्नु सक्छु भनेर नसोच्नु।
मपाईवाद त ठुल ठूलो वादहरु बाट सृजना भएको मौकावादको भाइ हो।समय पाए कक्रक पारेर उतानो चित बनाउने अवसरवाद भन्दा हुन्छ। ठूलो ठूलो अवसरहरुमा निपुण साथ कसैको निजी जीवन सित निपुण हस्तक्षेप गरिराखेको मौकावाद र मपाईवादमा कुनै प्रकारको भिन्नता नभए पनि ,कसै माथि हटत जाई लाग्ने चै होईन,अवसरको तलास खोजि हिँडने मपाईले कति खेर जरा काटछ हजुरलाई थाहा पनि हुँदैन।
अब पताउनु हुँदैन भने एउटा काम शुरु गर्नु हजुरलाई सिकाउने कति जाना भेला हुन्छ अनि हजुरको त्रुटी यति बिना देखाउछन कि उफ…….नभनु तर ल गर्नु होस हजुर भनेर काम दिनु त सा सानू बाना बनाएर टाप…………….

अझै बिमारी छु मात्र भनु हजुरलाई दवाई र नियम सहित कति सल्लाह दिन्छन कि आधा जति बिमारी त बिना एमआरआई बिना नि पतो लाग्छ।यहाँ तक कि पेट भित्रको समस्याहरु पनि मुखले ठिकै पारिदिन्छन तर एक रुपियाँको गोलि किनेर खाउ भने, न देख्दा छक्क पर्छु म त।
मपाईवादले कति खेर कसको कुर्सी उछिटाईदिने हो कसैलाई थाहा हुँदैन।कसको पता साफ हुने हो बिचारा ………………..
हजुरलाई कति खेर ज्यु ज्यु भनेर जरा काटिदिन्छ अनि आफैलाई थाहा नभए पछि पुर्पुरोमा हात लगाएर कसले गर्यो होला भन्दै सात रात निद्रा भगाउने मान्छेमा मपाईवादको सुत्र भित्र पर्ने एक रहस्यमय मान्छे हो।
उसलाई यसरी पीडा दिनुमा जुन मजा छ नि सायद त्यो मजा उसलाई अरुमा छैन होला जस्तो मलाई लाग्छ।
मुखमा राम राम पछि छुरा भने मपाईवादको फुटानी नि हजुरले कुनै केजी,मिटर,फितामा नाप्नु सक्नु हुँदैन।
होस कि नहोस धाक त यति दिन्छ कि उसले न चिनेको,नजानेको कुरा चै हुँदैन।जुन बिषयमा पनि अर्थ न बर्थ गोविन्द गाई भने झै बोली पठाउछ।

लु न ठाउँमा वा चार जाना मान्छेको अघि बोल न भन्दा हरूवा कुकुरले पुच्छर लुकाए झै फन्क फर्केर ल भाइ तपाईं नि भनी दिनु भनेर गाउँका सिधा सादा मानिसको टाउकोमा भार सुम्पनुमा निपुर्ण हुन्छन मपाईवाद।
मपाईवादलाई अरुले तपाईं भनु पर्दैन अफै मपाई भएर खतम………………….

From Siligudhi, India