ट्रेडयुनियन महासंघका नेताहरु भन्छन– दक्ष जनशक्ति उत्पादन गर्ने ब्यावसायिक शिक्षालेमात्रै नेपालमा समृद्धि आउँछ

जय कार्की, Hari Lamichhane प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

काठमाडौ
आईटियुसी न्याक( ITUC-NAC)मा आवद्ध तीनवटा विशाल ट्रेड युनियन महासंघको विशिष्ट नेतृत्व, नेपाल सरकारको शिक्षा मन्त्रालयका सहसचिव, डेनमार्कबाट आउनुु भएका रोजगारदाताहरुको व्यवसायि संघ, सार्कटुकका महासचिव लक्ष्मण बस्नेत, ट्रेड युनियन महासंघहरुको प्रतिनिधि तथा एफक्यानका प्रतिनिधि लगायतलाई एउटै मन्चमा जमघट गराई आईटियुसि न्याकले राजधानीमा श्रम बजारमा आधारित शिपमुलक दक्ष ब्यावसायिक तालिमको आवश्यकता र रोजगारीका शुनिश्चितताका विषयमा विहंगम सेमिनारको आयोजना गरेको छ ।

सेमिनारले परिवर्तित आर्थिक, सामाजिक विकासका आधारमा दक्ष जनशक्तिको निर्माण गर्न नसके देशले समृद्ध नेपालको नारालाई साकार पार्न नसक्ने, बेरोजगारीको यो असंख्य जनसंख्यालाई धान्न नसक्ने र बैदेशिक रोजगारीमा गैरहेका श्रमिकहरुलाई दक्ष बनाएर पठाउन नसके संधै ठगिने र दुर्घटनामा पर्ने खतरा रहेकोमा एक मत देखिएका छन । उनीहरुको एउटै मत रहेको छ अव परम्परागत र रोजगारीमा लाग्न प्रेरित नगर्ने शिक्षा र परम्परागत ब्यवसायिक तालिमले देशको आवश्यकतालाई पूर्ति गर्न सक्तैन र श्रम बजारमा आवश्यक पर्ने र हातहातै विक्ने जनशक्तिको उत्पादन गर्नुपर्दछ ।


त्यसकालागि रोजगारदाता र श्रमिकबीचको असल सम्बन्धसहितको दक्ष जनशक्तिबाटमात्र मुलुकमा समृद्धिको बाटो पहिल्याउन सकिने भएकाले त्यसतर्फ सम्बन्धित सबैको ध्यानपर्नेमा जोड दिइएको छ । नेपालमा प्रभावकारी दक्ष जनशक्ति प्रवद्र्धन र विकास तथा व्यावसायिक तालीम प्रणालीका लागि सामाजिक साझेदारसँगको सहकार्यलाई सबल बनाउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा सहभागी मजदुर नेताले पुँजी निर्माणमा सहयोग गर्ने मजदुरलाई सक्षम र दक्ष बनाएर रोजगारीका अवसरलाई सदुपयोग गर्न सकिने बताएका हुन् ।
इन्टरनेसनल ट्रेड युनियन कन्फेडेरेसन–नेपाल एफिलियट काउन्सिल आइटियुसी–नाक)ले आयोजनामा भएको अन्तक्र्रियामा शिक्षालाई सीपसँग जोडेर देशभित्र सिर्जित रोजगारीका अवसरमा नेपालीलाई समावेश गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा उनीहरुको जोड थियो ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले मजदुर आन्दोलन समृद्ध भएमात्र मुलुक समृद्ध बन्ने भएकाले अबको आन्दोलनलाई शिक्षा र दक्षतासँग जोडेर अगाडि बढाउने बताउनुभयो । उहाँले अबको मजदुर आन्दोलन जिन्दावाद र मुर्दावाद तथा न्यूनतम वेतनमा भन्दा पनि उत्पादनका आधारमा ज्याला भन्नेतर्फ लैजानुपर्छ भन्नुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले सरकार, व्यवसायी र समाजको विकाससँग जोडेर मजदुर अन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई लागू गरेर रोजगारीका अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

इन्टरनेसनल ट्रेड युनियन कन्फेडेरेसन–नेपाल एफिलियट काउन्सिल(आइटियुसी–एनएसी) तथा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष पुस्कर आचार्यले दक्ष जनशक्ति उत्पादनमा ट्रेड युनियनका संस्थाले पनि विशेष ध्यान दिनुपर्ने बताउँदै उचित पारिश्रमिकका लागि दक्षता र त्यसका लागि सीप र प्रमाणिकरण आवश्यक हुने बताउनु भयो । नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजङ कार्कीले दक्षता र क्षमताअनुसारको श्रमिक बजारमा आएमात्र वैदेशिक नेपाली श्रमलाई रोक्न सकिने भएकाले त्यसतर्फ ट्रेडयुनियनले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डेनिस इप्लोयर्स एसोसियसन फर इन्ड्रस्ट्रियल एन्ड कन्सट्रक्सन इन्टरप्राइजका अध्यक्ष ल्फेमिङ फ्रेडेरिक्सन(ँझिष्लन ँचभमभचष्पकभल)ले डेनमार्कमा रोजगारदाता र श्रमिकबीच हुने सम्बन्धका बारेमा उल्लेख गर्नुभयो । उहाँले श्रमबजारमा सरकारको भूमिका कम हुने तर श्रम अदालतले विवादलाई सल्टाउने भएकाले पछिल्लो समयमा श्रम बजार सौहाद्र्र रहेको जानकारी दिनुभयो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, आइटियुसी–एनएसीका सल्लाहकार सदस्य विदुर कार्कीलगायतले व्यावसायिक तालिम तथा दक्षता विकास सम्बन्धि विषयमा कार्यक्रपत्र प्रस्तुत गर्नुभएको थियो । उहरुले आवश्यकताका आधारमा व्यावसायिक तालिम तथा शैक्षिक प्रणालीलाई पनि देशको आवश्यकताअनुसार अगाडि बढाउन सरकार, रोजगारदाता र मजदुर संघसंस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका नेता जय कार्की, डेनिस मजदुर नेता हेन्रिक डब्लु पेटरसन र कास्पर प्लामलगायतका नेताले मजदुर आन्दोलन र श्रमसम्बन्धका विषयमा आआफ््ना धारणा राख्नुभएको थियो । कार्यक्रमको संयोजन डा. हरि शर्माले गर्नु भएको थियो । कार्यक्रममा सहभागी ९५ प्रतिशतले आफनो मत प्रकट गर्दै सुझाव दिएका थिए ।