वैज्ञनिकहरुद्वारा पहिलोपटक ब्ल्याकहोलको वास्तविक तस्विर सार्वजनिक गर्दै

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, चैत्र २७, २०७५

अन्तरिक्षयात्रीहरुले पहिलोपटक ‘ब्ल्याक होल’ को वास्तविक तस्बिर यसै हप्ता सार्वजनिक गर्ने भएका छन् । यससघि ब्ल्याक होलको स्वरुप वैज्ञानिकहरुको कल्पनाको आधारमा मात्र रहेको थियो । अहिले वैज्ञानिकहरुले रेडियो टेलिस्कोप निर्माणपछि सो तस्बिर लिन सम्भव भएको दाबी गरेका छन् । यसलाई ‘इभेन्ट होरिजन’ टेलिस्कोप नाम दिइएको छ । ब्ल्याक होल त्यो क्षेत्र हो जसको शक्तिशाली गुरुत्वाकर्षणबाट प्रकाश समेत बच्न सक्दैन अर्थात ब्ल्याक होलमा उज्यालो समेत हराउने गर्दछ भने नजिकका जुनसुकै वस्तुलाई पनि यसले आफूतर्फ तान्ने गरेको विश्वास गरिन्छ । वैज्ञानिकहरुको भाषामा यो पूर्ण रुपमा कालो हुन्छ र परिक्रमा पथबाट मात्र यसको पहिचान गर्न सकिन्छ ।

हालसम्म गरिएका अनुसन्धानहरुमा ठुल्ठुला ताराहरुको जीवनचक्र सकिएपछि नै उनीहरु ब्ल्याक होलमा परिणत हुने दाबी गरिएको छ । वास्तवमा तस्बिरले आइन्सटाइनको ‘थेउरी अफ रिलेटिभीटी’ सिद्धान्त माथि प्रश्न उठाउन सक्ने भएकाले पनि विश्वभरका वैज्ञानिकहरु यसका लागि अत्यन्तै उत्साहित रहेको संचार एजेन्सी रोयटर्सले जनाएको छ ।