प्रदिप कँडेलले निकाले सामाजिक विकृतिलाई झटारो हान्दै र्याप गीत

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०७५

गायक प्रदिप कँडेलले नेपाली समाज विकृतितिर धकेलिएको र युवा युवती पश्चिमा संस्कृतिमा रमाउन थालेकोले गीत मार्फत जनचेतना दिलाउने कोशिस गरेका छन् ।

आजकलका केटीहरु कति सारो हट बोलको यो गीतलाई प्रदिप कँडेलले लेखेका हुन भने शब्द सिर्जना, संगीत तथा यस गीतमा स्वर पनि उनैले दिएका हुन् । अहिले टिजरको रुपमा हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको यो गीतको म्युजिक भिडियो छिटै बजारमा आउने उनले बताए ।

आजकलका युवा युवतीहरु पश्चिमा संस्कृतिमा रमाउदै पुरानो पहिरन, खाना, बोलीचाली लगायत नेपाली संस्कृतिलाई नै चुनौती दिने अवस्था सिर्जना भएको भन्दै र्याप गीतबाट चेतनामूलक गीत निकालेको कँडेलले बताए । यो गीत हार्मोनिक रेकर्डिङ स्टुडियो पुतलीसडकमा रेकर्ड गरिएको हो ।

भिडियोः