६२ घण्टामै १० करोड युट्युव भ्युअर पायो दक्षिण कोरियाली गीत ‘किल दिस लभ’ले (भिडियो सहित)

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०७५

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ ।

‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको छ ।

युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो ।

यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिङ्कले राखेको छ ।

भिडियोः