कथा -धने

घनश्याम शर्मा पौड्याल प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

घनश्याम शर्मा पौड्याल

विकास हो कि विनाश,थाहा छैन । काठमाडौंका मलिला फाँटहरूमा घर नामका सिमेन्टका पहरा ठड्याउने क्रम उल्कैसँग बढेको छ । हिजोसम्मका हरिया खेतहरूमा आज बर्खाका च्याउसरी घरहरू ठडिएका छन् । हिजोका राजकुलाहरू अब काला सडकमा फेरिएका छन् । हिजोसम्मका उज्याला गोरेटाहरू आज घरैघरले च्यापिएका ओसिला अँध्यारा गल्लीमा बदलिएका छन् । पहाडपखेराका खुला, घमाइला र रमाइला बस्तीहरूबाट आएका मान्छेहरू कहिल्यै आकाश र घाम नछिर्ने घर नामका सिमेन्टका ओढारभित्र बस्न अभ्यस्त हुँदै गएका छन् । म सोचदै जान्छु र अत्तालिन्छु ‘कहाँ हो यसको अन्त रु मलिला फाँट जति सबै घर, कटेरा, होटल, सडक र कारखाना नामका कवाडीखानाले ढाक्दै गएपछि केमा फल्ला अन्नपात रु के खाएर कसरी बाँच्ला हाम्रो छोरानाति पुस्ता ?
मेरो डेराअगाडि अहिले एकैचोटि तीनओटा घरहरू बन्दै छन् । ती प्रत्येकले कम्तीमा पनि एक एक क्वीन्टल धान उत्पादन हुने खेतलाई सदाको लागि समाप्त पार्दै छन् । नजिकको खेतको टुक्रामा ईँट्टा, सिमेन्ट, रोडा, फलाम र काठ बग्रेल्ती छरेर बन्जर बनाउँदै छन् । पुस माघको जाडोमा पनि कामदारहरू बिहान झिसमिसेमै आएर टक्राकटुक्रुक गर्दै के के औजार तथा निर्माणसामग्री बजाउँदै काम गर्न सुरु गर्छन् । अचेल उठ्नेबित्तिकै हरेक बिहानमा मेरो आँखाअगाडि यही दृश्य दोहारिरहेको हुन्छ । आज भने मलाई उहीँ गएर ती निर्माण मजदूरसँग कुरा गर्ने इच्छा भयो । म बिस्तारै तिनको नजिकै पुगेर एक जना कामदार युवकसँग कुरा गर्न खोज्छु:
‘उहु, कस्तो जाडो । यस्तोमा पनि भाइहरू एकाबिहानैदेखि काममा लाग्नुहुन्छ, हातखुट्टा कठ्याङ्रिँदैनन् ?
उसलाई मेरो प्रश्न त्यति मनपर्दैन । उसले मुख अलि कस्तो कस्तो बनाउँछ । सोच्दो हो, यी बसिखानेहरूलाई हाम्रो दुख्खबारे के थाहा । कामको बेला बेकारमा ‘डिस्टप’ गर्न आउँछन् । फेरि पनि चित्त बुझीनबुझी जवाफ दिन्छ ऊ
‘खै बाजे हामीलाई केको जाडो केको गर्मी, काम नगरी खानुछैन । तपाईँहरु जस्ता बसिरहने मान्छेलाई लाग्दो हो बढी जाडो गर्मी त ।’
मेरो दुःख मैभित्र छ, त्यसलाई के थाहा र । मेरो मनपेटभित्र ऊ पसेको छैन । त्यसले मैलाई पो भन्यो कि भन्ने लागेर मनभित्र कताकता अलि बिझायो पनि । यो महगो सहरको बसाइ । अर्काको घरमा डेरा गरेर कुन दुःखले बसेको छु, त्यसलाई के थाहा । जावो सानो पेन्सनको भरमा बूढीलाई अस्पताल लगिरहनु नपर्ने भए को बस्थ्यो र यो काठमाडौको धूलो, धूवाँ र फोहरमा ?
फेरि पनि उसको कुरा त साँचो हो नि । मान्छेलाई घाम, पानी, जाडो, गर्मी, थकाइ जस्ता कुराको अनुभूति गर्न पनि त फुर्सद हुनु¥यो नि । जो एकचित्तले काममा समर्पित हुन्छ, उसलाई ती विषयले पराजित गर्न सक्दैनन् । सायद पचाइदिन्छ मान्छेको श्रम र समर्पणले यी प्राकृतिक प्रकोपहरूलाई पनि ।
ऊ भुइँमा उड्केसी बस्छ र आफ्नै सुरमा सानो हमरले काठमा काँटी ठोक्न थाल्छ । काठ साह्रो र सिमेन्ट कटकटिएको जस्तो छ, काँटी दोब्रिन्छ । हमरको उल्टापट्टिबाट दोब्रिएको काँटी निकाल्छ र फेरि अर्को काँटी ठोक्छ । म उसलाई नियालेर हेर्न थाल्छु । उसको उमेर सायद अट्ठाईस तीसको वरिपरि होला । गहुँगोरो वर्ण, लाम्चोलाम्चो अनुहार, काला आँखा, केही दिनदेखि नकाटेका र ठडिएका दारीजुँगाका ठुटा, टाउकामा टोपी छैन, बाक्लो कपालले निधारसम्म झपक्क ढाकेको छ । माथि एउटा कालो टिसर्ट र खैरो पुरानो जाकेट छ, तल केही ठाउँमा प्वाल परेको र बाक्लै सिमेन्टका टाटा बसेको जिन पाइन्ट छ । हात खस्रा र नङ चेप्टा देखिन्छन् । खुट्टामा त्यस्तै ठाउँठाउँमा सिमेन्ट पोतिएका चप्पल छन् । ऊ अलि हतारमा आफ्नो काम गर्दै जान्छ, म भने एक तमासले उसको अनुहारमा हेरिरहन्छु । जाडो समेत बिर्सेर हेरी मात्र रहन्छु उसलाई । हेर्दाहेर्दै लछुको अनुहार देख्न थाल्छु उसमा । बल गर्दा पनि दृष्टि हटाउन सक्दिन उसबाट । मन त्यसै अमिलो भएर आउँछ ।
मेरो आँखाको नानी लछु, लक्ष्मण भनेर कसले चिन्दछ र गाउँमा उसलाई । दुईटी छोरीपछि जन्मेको त्यही एउटा पिउसो त हो नि । पढाइभन्दा बढी खेलेरै हुक्र्यो । पुगिसरी कहिल्यै आएन । बोर्डिङ्ग राख्न पनि सकिन त्यसलाई । मन साह्रो गरेर पढाइको लागि दपेड्न पनि सकिन । अलि पढाउन सकेको भए विदेशै गए पनि बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान कताकता जाँदा हो । आखिर दलाललाई दुई लाख खुवाएर कतार गयो । ‘घर बनाउने काममा लागेँ बा, चिन्ता नगर्नू’ भनी फोन गरेको पनि पन्ध्र महिना भइसक्यो । खैः, त्यसपछि अत्तोपत्तो छैन । कठै, मेरो प्राण लछु, यस्तै गरेर बसेको त होला नि ऊ पनि त्यहाँ १ म हतासिन्छु ।
‘ओइ धने, अहिलेसम्म यत्तिकै ट्वाक ट्वाक् गरेर बसेको, फर्मा छिटो तयार गर्न पर्दैन । अहिले ठेकेदार आयो भने कराउन थाल्छ फेरि । यी केटीहरू के लखर लखर गरेको नि । छिटछिटो त्यो माटो उठाएर हाल जगको वरिपरि ।’
मैले उसको नाम ‘धने’ लाई नबिर्सिने गरी याद गरेँ । सायद उसको पूरा नाम धनबहादुर होला । सामन्य मध्यमवर्गी भएको भए धनबहादुरै हुन्थ्यो ऊ । केही पढेलेखेको र थोरै सामाजिक प्रभाव पार्न सक्ने भएको भए धनबहादुरजी हुँदोहो, अझै बढी हैसियत र हालहुकुम भएको भए धनबहादुर सर हुने थियो । एउटा मजदूर, त्यसैले जोडियो उसको नाममा हेप्ने हियाउने अर्थको एकलखे र बनाइयो धने । पक्कै मेरो लछुलाई त्यसै पनि गरी लछे बनाइएका होलान् कसैले, अनि यसै गरी हकार्दाहुन् उसलाई पनि सातो जाने गरी ठेकेदार र मालिकहरूले । पराईको देश, झन् बढी खप्की होला मेरो लछुमाथि


कामदारलाई हकारिसकेपछि ऊ बन्दै गरेको घरको पछाडिपट्टि जान्छ । म धने नजिक पुगेर सोध्छु उसलाई
‘को हो त्यो, ठेकेदार ?
‘हैन, हाम्रो नाइके हो ।’
‘के गर्छ नाइकेले रु’ म जिज्ञासा राख्छु ।
‘ठेकेदारसँग कुरा गरेर काम मिलाउँछ । अनि हाम्रो रासनपानी र पैसा मागेर लिने र हामीलाई बाँड्ने काम पनि उसैले त गर्छ नि । नत्र त ठेकेदारले हामी एकएक जनालाई कुरा गरेर के साध्य रु’
‘अनि उसले के पाउँछ त त्यस्तो काम गरेबापत रु ’
‘उसले दिनगन्ती पनि पाउँछ, अनि हाम्रो हिसाबबाट पनि लिन्छ नि केही त । नत्र त हामीले काम कसरी पाउने नि ।’
उसको भनाइले म छक्क परेँ । एउटा सानो घर बनाउँदा पनि साहू, ठेकेदार, नाइके अनि ज्यामी कति तह बनाउनुपरेको । पद, प्रतिष्ठा, पैसा र पावरका तहहरू । लाग्छ यहाँ पनि आफ्नै प्रकारको सत्ता हुँदोरहेछ, सत्ताको एउटा सानो तहगत अभ्यास । शोषण र शासनको एउटा ‘मिनी’ व्यवस्था । तर म उसलाई यसबारे केही भन्न चाहन्न । किनकि ऊ त मेरो छोरो जस्तै………..!


जाडोको मौसम । चिसो भुईँतलाको कोठा । रोगी बूढी । मलाई दिन काट्न गाह्रो छ । घरहरू बनिरहेका छन् र तिनको सामुन्नेमा घाम ताप्ने खाली ठाउँ पनि छ । यसो त कोठामा बस्दा पनि किनकिन मन र आँखा त्यतै पुग्छन् अचेल । म प्रायः झ्यालबाट त्यतै चियाएको हुँदोरहेछु । बिहानको खाना खाएपछि त बूढीलाई डोया¥याउँदै जानु र घाममा बसेर तिनको काम हेरिरहनु अचेल मेरो दैनिकी नै बनेको छ । वास्तवमा मेरो नजर काममा हैन, काम गर्ने मान्छेहरूमा घुमिरहन्छ ।
‘ला….., हेरहेर बिचरी, भारी थेग्न नसकेर थचक्कै भुईँमा बसी त्यो त ? कस्ता मात्तिएका मोरा केटाहरू, डोकामा गिटी पनि सक्ने जति हालिदिनु नि । बिचऽऽरी, मलाई त माया लाग्यो ?’
बूढीको आवाजले मेरो ध्यान त्यता तानिन्छ । हेर्छु डोकाले थिचेर भुईँमा थचारिएकी छे एउटी पातलो शरीर भएकी कामदार केटी । एकछिनपछि त्यो उठ्छे र धनेसित लाप्पा खेल्न थाल्छे । धने पनि साबेल भुईँमा फालेर कस्सिन्छ । यत्तिकैमा केटी धनेको पकडबाट फुत्केर पर पुग्छे र ‘पख रिठे मोरा’ भन्दै मुठीभरि गिट्टी लिएर उसको मुखैमा फ्याँकिदिन्छे, धने लाग्नबाट तर्किन्छ । ऊ फेरि दौडेर धनेछेउ पुग्छे र उसलाई एक ढुस्सा हान्छे, मेरो मन दुख्छ । धने भने ‘हात्था मारी लौरीले१’ भन्दै प्रतिक्रिया मात्र जनाउँछ । मामिला यत्तिकैमा टुङ्गिन्छ । काम फेरि यथावत् चल्न थाल्छ ।
म भने यिनीहरूको यस्तो गतिविधिबारे आफ्नै अर्थ लगाउँछु ‘ठेकेदारका आँखा छलेर गरेको यत्ति क्षणिक छेडखान त होला यिनको निम्ति विश्राम र मनोरञ्जन जे भने पनि । एउटा यान्त्रिक शैलीको कष्टकर श्रमबाट क्षणिक मुक्ति पाउने जुक्ति त होला यो ।’
ऊ फेरि रित्तो डोको बोकेर उभिन्छे । धनेको हातमा साबेलको बीँड छ र अर्को एक जनाको हातमा साबेलमा बाँधेको रस्सी छ । केटाहरू फेरि उसै गरी साबेलले उसका डोकामा गिटी बालुवा भर्दै जान्छन् । केटीहरू डोकामा मरीमरी गिटी ओसार्न � ठेकेदार ?
‘हैन, हाम्रो नाइके हो ।’
‘के गर्छ नाइकेले रु’ म जिज्ञासा राख्छु ।
‘ठेकेदारसँग कुरा गरेर काम मिलाउँछ । अनि हाम्रो रासनपानी र पैसा मागेर लिने र हामीलाई बाँड्ने काम पनि उसैले त गर्छ नि । नत्र त ठेकेदारले हामी एकएक जनालाई कुरा गरेर के साध्य रु’
‘अनि उसले के पाउँछ त त्यस्तो काम गरेबापत ?’
‘उसले दिनगन्ती पनि पाउँछ, अनि हाम्रो हिसाबबाट पनि लिन्छ नि केही त । नत्र त हामीले काम कसरी पाउने नि ।’
उसको भनाइले म छक्क परेँ । एउटा सानो घर बनाउँदा पनि साहू, ठेकेदार, नाइके अनि ज्यामी कति तह बनाउनुपरेको । पद, प्रतिष्ठा, पैसा र पावरका तहहरू । लाग्छ यहाँ पनि आफ्नै प्रकारको सत्ता हुँदोरहेछ, सत्ताको एउटा सानो तहगत अभ्यास । शोषण र शासनको एउटा ‘मिनी’ व्यवस्था । तर म उसलाई यसबारे केही भन्न चाहन्न । किनकि ऊ त मेरो छोरो जस्तै…………!


अचेल धनेले फुर्सदको बेला कहिलेकाहीँ हामी नजिकै बसेर कुरा गर्न थालेको छ । कुरा गर्दागर्दै कहिले त मलाई लछुसँगै बसिरहेको छु भन्ने भ्रम पर्दोरहेछ । ऊ पनि हामी बूढबूढीलाई बाआमा भनेर मायालु पाराले बोलाइदिन्छ । धने र उसको साथमा छ अर्को एक जना पन्धसोह्र वर्षको केटो । यी दुई जनालाई नाइकेले निर्माण सामग्री कुर्ने जिम्मा दिएको छ रे ।
हरेक दिन उज्यालो छउन्जेल यी काम गरिरहन्छन् र साँझ परेपछि ईँट्टा चाङ लाएर बनेको र पुराना जस्तापाताले छोपेको होचो छप्परमा पसेर रात काट्छन् । म भने अबेरसम्म पनि कोठाको झ्यालको सिसाबाट उतै हेरिबस्छु । मन खान्छ मेरो ‘यस्तो जाडो छ । त्यसमाथि आज पानी पर्न थाल्यो । त्यो चिसो खेत । छाप्रोमा कहिल्यै घाम पस्न पाउन्न । ठूलो पानी आएर जलाम्य भयो भने के गर्लान् ती केटाहरूले । कसरी रात काट्लान् तिनले । चिसोले भेटने भयो तिनलाई । धनेले आज कसरी रात काट्ला १ बिरामी पो पर्छ कि धने ? उफ् ? मेरो लछु, मेरो आँखाको नानी कता कसरी के गर्दै होला …?’
ढलानको दिन रहेछ आज । यस्तो दिन घरमालिक र ठेकेदार आफै बसेर काम गराउँदा रहेछन् । कामदारलाई मासुभात खुवाउने लोभ देखाएर मरुन्जेल दलाउँदा रहेछन् तिनले । हिजो एउटा सानो कालो बोको ल्याएर बाँधेका थिए । बिहान उठेपछि किन किन मेरा आँखा जहिले पनि त्यतैतिर आकर्षित हुन्छन् । आज बिहानै सखारै पाठो काटेर पोलपाल गर्दै थिए केटाहरू । यति बेला करिब ७ बजेको होला । म कोठाको उता कुनातिर सानो काठे टेबुलमाथिको ग्याँसस्टोभमा चिया पकाउँदै छु । यत्तिकैमा कसैले ढोका ढकधढ्याउँछ । म हत्तपत्त गएर ढोका खोल्छु । धने रहेछ । म सोध्छु ‘के प¥यो बाबु रु’ ‘क्यै हैन बा । यो अलिकति छ, आफै पकाएर खानोस् है १’ यसो भनेर उसले प्लास्टिकमा पोको पारेको केही चीज मेरो हातमा हालिदिन्छ र मैले केही भन्ने नपाउँदै फर्केर जान्छ । खोलेर हेर्छु, करिब डेढ पाउजति मासु रहेछ । थाहा नपाईकन मेरा आँखाबाट आँसु टप्किन्छन् । अनि दिमागमा हजारपटक एउटै प्रश्न खेल्न थाल्छ ‘यो धने हो कि लछु रु लछु, मेरो लछु……..! मेरो धने…..? मेरो लछु….., लछु…..धने, लछु…..धने, हैन लछु ???? मेरो टाउको रिङ्न थाल्छ । म भित्र गएर बूढीलाई पनि केही नभनी थचक्क खाटमा बस्छु र आफैलाई सँभाल्न थाल्छु ।

घरहरू सम्पन्न भइसकेका छन् । तिनमा रङ्गरोगन समेत गरिसकिएको छ । म भित्र त पसेको छैन । बाहिरबाट हेर्दा ती चिटिक्क परेका र आकर्षक छन् । अगाडिपट्टि सानो पर्खालको घरभित्र एक टालो जमिन छ र त्यसमा हरियो दूवो रोपिएको छ । पेटी र कौसीमा पmुलका रङ्गीन गमलाहरू सजाइएका छन् । निर्माण सकिँदा नसकिँदा साहूले यो काम गराइसकेको छ । आगन्तुकसँग कुरा गरेको सुन्छु, ती प्रत्येकको मूल्य थाल्छन् । केटाहरू आफु भने ढुङ्गा, माटो, गिटी वा बालुवा बोक्ने काम गर्दैनन् ।
म एकसुरले न्यानो घाम ताप्दै तिनका गतिविधि हेरिरहेको हुन्छु । बूढलिाई कान्छी छोरीको याद आएछ क्यारे । ऊ मलाई कोटयाउँदै भन्छे ः
‘हेर न लछुका बा, त्यो त ठ्याम्मै हाम्री सान्नानी जस्तै रहिछे ।’ ‘कुनचाहिँ हो ?
‘ऊ त्यो हरियो कुर्ता लाएकी गोरी केटी क्या ?’
मेरो नजर भने जतिखेर पनि धनेको वरिपरि मात्र घुमिरहन्छ । म धनेलाई हेरीहेरी लछुको अत्यास मेट्न चाहन्छु ।
आकाशमा घाम ओराला लाग्दैछ । फेरि पनि घाम ताप्ने र यी केटाकेटीले काम गरेको हेर्ने आफ्नो दैनिकी पूरा भएको छैन ।
‘बूढी हेर न उता, के भयो त्यो डल्लीई रु त्यसले त डोको फ्यात्तै उता फालेर थचक्कै बसी त भुईँमा ?
ती सबैका नामहरू थाहा छैन हामीलाई, फेरि पनि हामी बूढाबूढी आफैले ती हरेकलाई एकएक नाम दिएका छौँ । त्यति मात्र होइन, हामी आपसमा तिनका शारीरिक बनोट, रूपरङ्ग र काम गर्ने ढङ्गबारे पनि टिप्पणी गरिबस्छौँ । यसबारे ती बिचराबिचरीहरूलाई थाहा हुने कुरा पनि भएन ।
‘दुईजिउकी जस्ती छे त्यो । मात्तिएका छौँडाहहरू, बिचारै नगरी हालिदिन्छन् भारी पनि ।’
बूढीले अड्कल काटी । ऊ तीन सन्तानकी आमा हो । त्यसैले यस्तो बेलाको शारीरिक अवस्था र दुःखपीडालाई भित्रेदेखि महसुस गर्न सक्छे । बूढीको जवाफमाथि म कुनै टिप्पणी गर्दिन ।
एकै छिनपछि ऊ बिस्तारै उठ्छे र अलि असजिलो गरी हिँड्दै हाम्रै नजिकमा आएर बस्छे । लछुकी आमा उसको नजिकै गएर उसलाई सोध्छे
‘नानी, के भयो तिमीलाई ?’
‘खुन बग्न थाल्यो आमा !
‘उस् ! कति महिना भयो तिम्रो ?
‘पाँच महिना आमा ।’
बुढीले नै उसको नाम, उमेर र घरगाउँ सोधी, म नजिकै बसेर सुनी मात्र रहेँ । उसको ऊ रहिछे उन्नाईस वर्षकी सानीमायाँ दोङ । पहिलोचोटिको गर्भ रहेछ बिचरीको । रामेछापको गाल्पाबाट आएर काठमाडौ टिक्नको लागि संघर्ष गर्दै गरेको नयाँ प्रेमिल जोडी रहेछ यो । लोग्ने रिङ्गरोडमा चल्ने बसमा खलाँसी काम गर्दोरहेछ र यसले करिब एक वर्षदेखि निर्माणको काममा मजदुरी गर्दै आएकी रहिछे । मैले गमेँ, कलिलो उमेर अनि गर्भावस्था, शरीरको क्षमताभन्दा बढी बोझ उठाउँदाको परिणाम होला यो ।
एकैछिनमा उसलाई अरु दुईटी केटीले आएर बिस्तारै उठाएर अलि पर सजिलो ठाउँतिर लैजाँदैछन् । ऊ भने पछाडिपट्टिको आलो रगतले लछ्याप्पै भिजेको सुरुवाल मुस्किलले सँभाल्दै अप्ठेरो गरी हिँड्दैछे ।
करिब एक घण्टापछि बीसबाईस वर्षको जस्तो देखिने मैलो लुगा लाएको केटोमान्छे आउँछ र उसलाई बोकेर अलि पर रोकिराखेको ट्याक्सीमा हालेर लिएर जान्छ । बूढीलाई बढी मनखान्छ यस कुराले । ऊ सुस्केरा हाल्छे । हामी बूढाबूढीलाई यसै त राती छिटो निद्रा कहिल्यै लाग्दैन, त्यसमाथि आज झन् यिनै केटाकेटीका दिनभरिका गतिविधिबारे कुरा गर्दै र छोराछोरीलाई सम्झँदैमा एक बजिसकेको पत्तै भएन ।

घरहरू सम्पन्न भइसकेका छन् । तिनमा रङ्गरोगन समेत गरिसकिएको छ । म भित्र त पसेको छैन । बाहिरबाट हेर्दा ती चिटिक्क परेका र आकर्षक छन् । अगाडिपट्टि सानो पर्खालको घरभित्र एक टालो जमिन छ र त्यसमा हरियो दूवो रोपिएको छ । पेटी र कौसीमा पmुलका रङ्गीन गमलाहरू सजाइएका छन् । निर्माण सकिँदा नसकिँदा साहूले यो काम गराइसकेको छ । आगन्तुकसँग कुरा गरेको सुन्छु, ती प्रत्येकको मूल्य तीन करोड रे । यसो भनौँ, ती घरहरू बेचेर नौ करोड बुझ्नेछ साहूले । मलाई सुन्दैमा अलि उकुसमुकुस जस्तो हुन्छ । चारतिर यत्रो गरिबी छ, कहाँबाट कसरी कमाउँदा हुन् यति धेरै पैसा केही मान्छेहरूले रु आफैसँग प्रश्न गर्छु, उत्तर भेटाउन्न ।
आज साहू र ठेकेदार तथा ठेकेदार र मजदूरको बीचमा हिसाबकिताब अन्तिम फछ्र्योट हुने दिन रहेछ । साहूठेकेदार फित्ता र क्याकुलेटर लिएर सबैतिर नापजाँच गर्दैछन् । नाइके र अरू केही कामदारको बीचमा पनि हिसाबकिताबकै कुरा चलिरहेको सुन्छु ।
दिन ढल्दैछ । कोही अलि परको सानो छाप्रे चियापसलमा गएर चिया पाउरोटी खाँदैछन्, कोही सानासाना समूहमा बसेर चुरोटको धूवाँसँगै कुराकानी गर्दै छन् । यति बेला करिब चार बजेको हुनुपर्छ । साहूले ठेकेदारका हातमा केही नोटका गट्टी हालिदिन्छ, ठेकेदारले लिन अस्वीकार गर्छ । उनीहरूको बीचमा हिसाबकिताबमा विवाद बढ्दै गएको अनुमान लगाउँछु म । उनीहरूबीचको आवाज बिस्तारै बढ्दै जान्छ र परिस्थिति तात्दै जान्छ । म भने सबै कुरा स्पष्ट सुन्न र बुझ्न सक्दिन । अन्तमा साहू ज्याला नदिईकन गाडी चढ्न थाल्छ । आजसम्मको सबै पारिश्रमिक पाउने कुरामा ढुक्क थिए सबै जना । विवाद चर्किन थालेपछि ठेकेदार बाटो छेक्न पुग्छ । नाइके र धने पनि अगाडि बढेर साहूको बाटो अवरुद्ध गर्न पुग्छन् । साहूले बाटो छेक्नेहरूलाई दुइं हातले पन्छाउँदै निस्कन खोज्छ । धनेले आपmुलाई संयमित राख्न सक्दैन । ऊ अलिपल्तिरको काठको थुप्रोमा जान्छ र एउटा धारिलो एक मिटरजतिको चारपाटे काठको टुक्रो समाएर साहूमाथि आक्रमण गर्न जाइलाग्छ । ठेकेदार र अरु केही जनाले उसलाई रोक्न खोज्छन् । ऊ मान्दैन, बरु झन् बढी उत्तेजित बन्दै जान्छ । काठ खोसाखोसमा धने भुईँमा पछारिन्छ र रड बङ्ग्याउन रडकै टुक्रा ठाडो पारेर गाडिएको मुडोमा बज्रिन पुग्छ । अब भने म पनि हेरिरहन सक्दिन ‘एहे एहे’ भन्दै उसको नजिकै जान्छु । ठड्याएर ठोकिएको रडको टुक्रा धनेको हत्केलो बीचैबाट छेडेर बाहिर निस्केको छ । ठेकेदार, नाइके र अरू सबै बनेर तानेपछि बल्ल हात रडबाट निस्कन्छ । ‘लौरी’ले हटात् आफ्नो सल च्यातेर उसको हातमा बेर्न थाल्छे । यतिन्जेल उसका दुबै हातलाई भिजाउँदै रगतका धारा भुईँमा पुग्छन् र त्यहाँ एउटा टाटो पर्न जान्छ । उता साहू भने कार चढेर भागिसकेको हुन्छ । धने घाउको पीडालाई पनि अँठ्याएर भन्दैछ ‘पख मजदूरमारा डाँका ? फेरि त आउलास् नि । तँलाई यसै त कहाँ छोडूँला र ?’
धनेको रगतपच्छे घाउ देखेर मलाई भाउन्न होला जस्तो हुन्छ । मनमनै सोच्छु ‘त्यसले पनि त्यस्तो तातो रिस नगरेको भए हुने ।’ तर जे हुने भइसकेको थियो । केही बोल्न चाहन्छु वाक्य फुट्दैन । मलाई त्यहाँ अडिन कठिन हुन्छ र हिँडिहाल्न पनि सक्तिन । करिब दश मिनटपछि धनेलाई एकजना कामदारले साइकलमा हालेर लैजान्छ । म रित्तो र घाइते मन लिएर कोठामा फर्किन्छु ।
राती अबेरसम्म बूढाबूढीको बीचमा तिनकै बारेमा कुराकानी हुन्छ । धने सम्झिनेबित्तिकै लछु आउँछ । मुस्किलले आँखा के लागेको थिएँ, बन्दै गरेको अग्लो घरको खटबाट लछु खस्छ । म हत्तपत्त उसलाई समाउन खोज्दा झसङ्ग ब्यूझन्छु । मुटु ढुकढुक गरिरहेको हुन्छ र शरीर पसिनाले भिजेको हुन्छ ।
अचेल यी नया घरहरू र वरिपरिको वातावरण अप्रिय लाग्न थालेको छ मलाई । डर लाग्छ, त्यहीँ छ अझै धनेको रगतको टाटो । धने र लछुको कसले छुट्याउन सक्छ र । तर्साउन थालेको छ मलाई त्यसले । हामी बूढाबूढीको निम्ति दिनभन्दा रात बढी कष्टकर हुँदो रहेछ । भनेको बेला निद्रा पर्दैन । राती अबेर सम्म गन्थन गर्दै बस्छौँ । हरदिन दोहोरिने कुराको विषय या पात्र जे भनौँ, कुराको मियो बनेका हुन्छन् लछु र धने ।

 

२०७५ । १२ । २२

हात्तीवखन, ललितपुर