ओखलढुंगा कटुञ्जे सरोकार समाजले रक्तदान कार्यक्रम गर्दै

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

रक्तदान जीवन दान भएकोले ओखलढुंगा कटुञ्जे सरोकार समाजले मोलुङ फाउण्डेसन काठमाडौं तथा मोलुङ बहुउद्देश्यीय सहकारी संस्थासँगको आपसी समझदारीमा यही २०७५ चैत्र २३ गते शनिबारका दिन विहान १० बजेदेखि २ बजेसम्म संस्थाको कार्यालय कोटेश्वरको महादेवस्थान (दीपिका स्कुल अगाडि)मा रक्तदान कार्यक्रम आयोजना गरेकोले यस कार्यक्रममा रक्तदान गर्न इच्छुक स्वस्थ व्यक्तिहरुले उपस्थित भई रक्तदान गर्नको लागि आह्वान गरिएको छ ।

तपाईको एक थोपा रगतले कोही पनि व्यक्तिको मृत्यु हुनबाट बच्न सक्छ । कोही पनि विरमी रगत नपाएर अकालमा मर्न नपरोस भनेर यस संस्थाले विगत वर्षहरु जस्तै यस वर्ष पनि रक्तदान कार्यकम आयोजना गर्न लागेको हो । सम्पर्कको लागि ९८४१९४५०२१