काँकडभित्तामा गर्जिए बगानका श्रमिकहरुः छिटो माग पूरा गर

प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०७५

तीनवटा राष्ट्रिय चिया बगानका श्रमिक संघको संयुक्त सघर्ष समितिले यही २१ गतेका दिन काँकडभित्तामा आफना मागहरुलाई अघि सार्दै जुलुश प्रदर्शन गरेका छन ।
कार्यक्रममा अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटा, नेपाल कृषि तथा चियाबगान क्षेत्र श्रमिक संघका अध्यक्ष सहीकुमार राई, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङ लगायतले श्रमिकका माग तत्काल पूरा गरियोस भनि माग गर्दै श्रमिक सभालाई सम्बोधन गरेका थिए । सभा अघि उनीहरुले विशाल जुलुश प्रदर्शन गरेका थिए ।

 

 

 

\