कार्पेट श्रमिकहरुको बार्ता सफलताको निकट हस्ताक्षर हुन बाँकी

प्रकाशित मिति : बुधबार, चैत्र २०, २०७५

अखिल नेपाल गलैंचा मजदुर संघ, जिफन्टसित आबद्ध कार्पेट मजदुर संघ र कार्पेट ब्यवसायीहरुबीच आज चैत्र २० गतेका दिन अन्टुफका उपमहासचिव सालिकराम काफलेको उपस्थितिमा भएको बार्ताले सकारात्मक परिणाम ल्याउँने भएको छ । आज भएको छलफलमा कार्पेट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनिवार्यरुपमा नेपाल सरकारले तोकेको न्युनतम बेतन लागू गर्ने सहमतिको निकट पुगेको उपमहासचिव काफलेको भनाई छ । वार्तामा अनेगमसंघबाट अध्यक्ष सोनाम स्याँतान, महासचिव बिचारी खडका सामेल हुनुहुन्थ्यो भने जिफन्टको कार्पेट मजदुर युनियनबाट दुई जना र व्यवसायी संघबाट चार जना उपस्थिति रहेको थियो । कुनै भवितव्य वा षडयन्त्र नभएमा सहमतिमा हस्ताक्षर हुन मात्र बाँकी रहेको छ ।

जुझारु संगठन,जुझारु नेताहरुको डफ्फा छ अनि एक ढिक्को छ । तर पनि कारपेट श्रमिकहरु सरकारले निर्धारण गरेको बेतन नपाउँदा सबैभन्दा बढी निराश छन । अब के गर्ने रु यो जिज्ञाशाको उत्तर भरखरै प्राप्त भएको छ ।