बिर्तामोडमा चिया बगान श्रमिकको विरोध सभा, अझै वार्ताको टुंगो छैन

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

मजदुरले के बिराए ? सरकारले तोकेको बेतन र विद्यमान कानुनको कार्यान्वयनको माग गरे ।

आज चैत्र १९ गतेबाट बाट चिया बगानकोआन्दोलन तेश्रो दिनमा प्रबेश गरेको छ । आन्दोलनमा उत्रिएका ३ बटा संगठनको संयुक्त संघर्ष समितिले झापाको बिर्तामोडमा भब्य जुलुशको आयोजना ग¥यो । तीनवटै संगठनका नेता तथा नेतृहरुले कानुनले तोकेको बेतन बृद्धि नेपाल सरकारले तोकेको दिनबाटै देउ, श्रम ऐनको अक्षरस पालना गर, सामाजिक सुरक्षा हाम्रो अधिकार तत्काल कार्यान्वयन गर भनि चैतको घामले तातेको सडकभरी चिया बगानका श्रमिकहरु नारा जुलुशका साथ निस्किरहँदा न सरकारले वार्ताको लागि पहल गरेको छ न त व्यवसायीहरुले नै । यसकारणले गर्दा आन्दोलनले दिनुदिन एक पछि आर्को फडको मार्दै गएको छ । तरपनि यो न्यायिक आन्दोलनप्रति नेपाल सरकार किन थाहा नपाए जस्तो गरिरहेको छ ? आन्दोलनकारीहरुको लामो समयसम्म हडतालमा गर्न बाध्ये पारेर मनोबल गिराएर उनिहरुको विरुद्धमा कदम चाल्न खोजिएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।