पशुपतिको आर्यघाट र वैतरणी

बी कुलुङ प्रकाशित मिति : सोमवार, चैत्र १८, २०७५

तिमीले तर्न नसके पनि
तिमीपछिका तिम्रो सन्तानले
आधा दुरी तर्नेछ कि बैतरणी कतै ?
त्यसैले आजबाटै
जीवन बिमाको खाता खोलिदेउ
मान्छेको खोलबाट चिरस्थायी
रुपले आत्मा उडोस नउडोस
तर नमरि नै कतिपय ज्यानहरु
शव बन्दो रहेछ काठमाडौमा
अनि बैतरणीको यात्रा शुरु हुँदो रहेछ
यहीँ आर्यधाटबाट
न कि सुदूर दार्जिलिङबाट
ल्यार्इ पुराएको हो न पोखारा
या सोलुखुम्बुबाट
ल्यार्इएको हो यो शवहरुलाई यहाँ
यो आर्यघाटमा बैतरणी भनेको
एउटा भर्याङ जस्तो रहेछ
तसर्थ यो शव काठमाडौंकै हुनुपर्छ
जस्ले कहिले त यो बागमतीलाई
फोहोर पार्नुमा सहयोग पुर्याएको थिए
यो शव उसैको हुनुपर्छ
यो शव काठमाडौंकै हुनुपर्छ
फोहोर बोकेर बग्ने
काठमाडौंको नाला झै बनेर बग्ने
बागमतीको मैला पानी चरण पखालि
दागबत्ती दिएको देख्द
मैले मेरो मृत्यु अघिनै वैतरणी देखे
पहिलो सिढी चिसो लाशहरुको
पखालि रहेको चरण
त्यो माथिको आर्यधाट र चिता
अनि शिरमा पशुपति
सयाद यस्तै हुनुपर्छ
बैतरणी मैले मेरो मृत्यु अघि नै देखे
काठमाडौंको आर्यघाटमा म जिउँदै छँदा नै ।

-बी कुलुङ दार्जिलिङबाट