चिया बगान आजबाट ठप्प माग, पूरा नगरेसम्म हडताल जारी रहने

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

झापा, इलाम, धनकुटा लगायतका चिया उत्पादनका मुख्य जिल्लाहरुमा आजबाट माग पूरा नभएसम्म ३ वटा राष्ट्रिय मजदुर संघहरुद्धारा अनिश्चितकालीन हडतालमा उत्रेका छन । उनीहरुको कुनै नयाँ मागहरु रहेका छैनन केवल विद्यमान श्रम ऐनको अक्षरस कार्यान्वयन, सामाजिक सुरक्षा ऐनको कार्यान्वयन तत्काल गरियोस भनि जोडदार माग गर्दै जुलुश, धर्ना मजदुर सभा गर्दै उत्रेका छन ।
र, नेपाल सरकारले निर्धारण गरेको न्युनतम बेतन अहिलेसम्म पनि रोजगारदाताहरुले नदिएकोमा चिया बगानका श्रमिकहरु निकै आक्रमक देखिएका छन । अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष तथा अन्टुफ केन्द्रीय सचिव सिता सापकोटाका अनुसार यो आन्दोलन माग पूरा नभएसम्म नरोकिने बताएकी छन ।

हडतालको केही प्रतिनिधिमुलक तस्बिरहरुः