साहित्यकार असित राईप्रति चिन्हारीका दुई शब्द -मोहन अधिकारी

प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

भारतीय नेपाली साहित्यजगतका एक चम्किलातारा गत शुक्रवार राती १० बजेर ४० मिनट आफु 76 वर्ष अघि जन्मेकै थलो खर्सांगको महानदी चियावारीस्थित घरमै वहाँले जीवनको अन्तिम विश्रांति लिनुभयो। वहाँको निधनले नेपाली साहित्याकाशमा एउटा चम्किलो ताराको अभाव खड्किएको छ। वहाँ भारतका उत्तरपुर्वी राज्यका प्रायसः सबै क्षेत्रिय भाषाका ज्ञाता हुनुहुन्थ्यो।
यही क्षमताका कारण वहाँलाई साहित्य अकादमीका एक शशक्त ,सक्षम,कर्मठ सदस्यमा गनिन्छ । अकादमीद्वारा प्रकाशित गर्ने तयारिमा रहेको राईटर्स ईन रेसिडेन्सूनामक भारतिय नेपाली साहित्यको ईतिहास आज वहाँको जीवनकोविश्रान्त हातसँगै विश्रान्ति लिएर अपुर्ण भएबाट असित सरको नेपाली साहित्यको क्षेत्रमा कस्तो स्थान थियो भन्ने कुरा सजिलै अडकल गर्न सकिन्छ।

स्तम्भकार मोहन अधिकारी र स्व. असित राईको तस्बिर

सन १९४३ मा चियावारीभित्र जन्मिनु भएका संघर्षशिल जीवनका उदाहरण असित सरले पैंतिस वटा त कृति नै नेपालीसाहित्यको पोल्टामा हालीसक्नुभएको छ भने ूक्षितिजको खोज ू नामक उपन्यासमा वहाँले अकादमी पुरस्कार, साहित्यिक क्षेत्रमा वहाँको कदर गर्दै नेपालबाट स्वर्ण पदक,स्थानिय निकायका अनगिन्ति सम्मान र २०१२ मा वहाँलाईू फेलो सम्मान ूअकादमीद्वारा उत्कृष्ट सदस्य जस्ता सम्मानहरूबाट वहाँ सम्मानित हुनुहुन्थ्यो । सम्पुर्ण नेपाली साहित्यप्रेमीहरूका मन र मुटुहरूमा समेत वहाँ सदासदा सम्मान र पुज्य हुनुहुन्छ। असित राई सर सँधैको लागि बिदा ।