प्रदेश नं २ मा एसईई परीक्षा स्थगितको विरोध गर्दै विद्यार्थी आन्दोलनमा, प्रहरीले गर्यो लाठी चार्ज

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, चैत्र १७, २०७५

जीतपुर, बारा/ २ नं. प्रदेश अन्तर्गत एसईई परीक्षा स्थगित गरिएको भन्दै २ नं. प्रदेशका विद्यार्थीहरुले आन्दोलन गरेका छन् । चैत्र १६ गते जीतपुर बारामा गरिएको आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको, शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने अधिकारमाथि प्रहरी दमन तथा हस्तक्षेप भएको भन्दै विद्यार्थी र प्रहरी बीच ढुंगा हानाहान समेत भएको छ ।

यही चैत्र १० गतेदेखि संचालनमा आएको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै प्रदेश नं. २ मा सबै विषयको परीक्षा रद्ध गरिएको थियो । यसै विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् । आन्दोलनको क्रममा विद्यार्थीहरुले हामीलाई न्याय चाहियो भन्दै नाराबाजी गरेका थिए ।