भूमिहीन भूमिपुत्र -अर्जुन शर्मा निरौला

कविता

प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०७५

अर्जुन शर्मा निरौला गीतखोला-कालेबुङ

धरतीको एक छेउ

मेरो हिस्सा बण्डा

त्यही पनि बन्धकी ।।

कहिले बिसाउॅनु

मनको भारी

स्वतन्त्र चौतारीमा ?

युद्ध लड़े पुर्खाहरू

तक्मा थाप्यो अर्कैले

हामी बिर गोर्खा ।

भूमि पुत्र हामी

आँगन गुमाएका

सुकुम्वासी जमात ।।