बालकृष्ण ढुंगेललाई जेल हाल्ने सावित्री श्रेष्ठले यसरी गरिन एयर एशियामा २० करोड घोटाला

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र १५, २०७५

काठमाडौँ/ ओखलढुंगाका भूवन भनिने उज्जन कुमार श्रेष्ठको हत्या अभियोग लगाउँदै पूर्व सांसद तथा ओखलढुङ्गाका लोकप्रीय नेता बालकृष्ण ढुङ्गेलले जेल जीवन विताइ सकेका छन् । बालकृष्ण ढुङ्गेललाई जेल हाल्नुपर्छ भन्ने प्रमुख व्यक्ति हुन् उज्जन कुमार श्रेष्ठकी दिदि सावित्री श्रेष्ठ ।

मृतक भनिएका उज्जनकुमार श्रेष्ठको शव अहिलेसम्म पाउन सकिएको छैन । उनको पोस्टमार्टम रिपोर्ट समेत बनेको छैन । तर हत्या नै पुष्टि नभएको मुद्दामा ढुङ्गेल जेलजीवन बिताएर आइसकेका छन् । उनै ढुङ्गेललाई जेल सजाय हुनुपर्छ भनेर निकै ठूलो श्वरमा चिच्याउने–सावित्री श्रेष्ठ एउटा ‘ठूलो रकम हिनामिना’ केसमा मुछिएकी छिन् । काण्ड हो– मलेशियामा मुख्यालय रहेको एयर एशियाले त्रिभूवन विमानस्थललाई बुझाउनुपर्ने २० करोड रुपैया नबुझाई फरार भएको मुद्दा ।

विमानस्थललाई मात्रै होइन राज्यका विभिन्न निकायमा ५० करोड भन्दा बढी रकम नबुझाई एयर एशियालाई नेपालबाट भगाउने प्रमुख पात्र हुन् सावित्री नै कार्यकारी निर्देशक रहेको इन्सेन्टिभ टुर्स एण्ड ट्राभल्सका अध्यक्ष हरिमान लामा ।

यो कम्पनिले नै त्रिभूवन विमानस्थललाई मात्रै २० करोड रुपैयाँ बुझाउनु पर्ने छ । विशेष स्रोतका अनुसार इन्सेन्टिभ ग्रुप अफ कम्पनिजले एयर एशियाबाट विमानस्थललाई भुक्तानी गर्नु पर्ने रकम लिएर जग्गामा लगानी गरेको छ । (from diyopost.com)