चिया बगानमा वारपारको आन्दोलन हुनुपर्छ, मजदुरमारालाई लखेट्नुपर्छ

प्रकाशित मिति : बुधबार, चैत्र १३, २०७५

यही १२ गतेका दिन चिया बगानमा कार्यरत श्रमिकहरुको संयुक्त संघर्ष समितिले पुनः आन्दोलनको उदघोष गरेको छ । नेपाल सरकारले बृद्धि गरेको बेतन हालसम्म पनि लागू नभएपछि बाध्ये भएर आन्दोलनमा उत्रिदैछन । तीन वटा संगठन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटा, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहिकुमार राई, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले संयुक्त विज्ञप्ति सार्बजनिक गर्दै पत्रकार सम्मेलन गरेका छन यही चैत्र १७ गते देखि २१ गतेसम्मको कार्यक्रमहरु घोषणा गरेका छन । यो आन्दोलन निर्णायक हुने पनि बताएका छन । उनिहरुले घोषणा गरेका कार्यक्रमहरु यसप्रकार रहेका छन ।