महासंघको दुई दिने गोष्ठि सम्पन्न

प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५

अखिल  नेपाल टे«ड युनियन महासंघ र आईएलओको संयुक्त आयोजनामा दुई दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा सबै प्रदेशको सहभागिता रहेको थियो । उक्त गोष्ठिको उपादेयताका बारेमा अध्यक्ष गणेश रेग्मी, आईएलओका प्रकाश शर्मा, उपाध्यक्ष धनबहादुर बि.क. लगायतले प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रममा उपाध्यक्षहरु तथा प्रदेश २ का इन्चार्ज सोनालाल साह, स्कूल तथा प्रकाशन विभाग प्रमुख एसबी थापा, महासचिव तथा साँसद जगत सिम्खडा, उपमहासचिव सालिकराम काफले, उपमहासचिव तथा साँसद लालकुमारी पुन, प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरी, प्रदेश १ बाट राजन काफले, प्रदेश ६ का इन्चार्ज धनबहादुर रोक्का, प्रदेश ७ का इन्चार्ज नरहरिनाथ योगी, प्रदेश ४ का रुद्र गौतम लगायत पाँचवटै परिषदबाट राम्रो सहभागिता रहेको थियो ।
उपाध्यक्ष धनबहादुर बि.क.ले प्रस्तुत गर्नुभएको आठ पेज लामो श्रम ऐनको महत्व, कार्यान्वयनको अवस्था र हाम्रो दायित्व विषयक कार्यपत्रमाथि छलफलका लागि जय कार्की, निशा खरेल र नरहरिनाथ योगीको प्यानल खडा गरिएको थियो । उक्त प्यानलिष्टले कार्यपत्रमाथि साँगोपाँगो समीक्षा गरेको थियो ।
प्यानलिष्टको स्पष्टोक्ति पश्चात शरद सुबेदी, माधव पाण्डे, कुमार पन्त, राजन काफले, संगिता बानिया, साँसद लालकुमारी पुन, दिनेश सुब्बा, रामचन्द्र ढुंगेल, शिब पोखरेल लगायतले कार्यपत्रका विषयमा आआफनो धारणा प्रस्तुत गरेका थिए भने अध्यक्ष रेग्मीले सुझावका आधारमा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

प्यानलिष्ट

समूह छलफल

समूह छलफल

समूह छलफल

समूह छलफल

समूह छलफल