कपास विकास समिति खजुरामा युनियन गठन

प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५

बसन्त मल्ल
चैत्र ९ गते, अखिल नेपाल ट्रेड युनियन महासंघ खजुरा गाउपालिका बाके प्रतीक योगिको नेतृत्वमा ११सदस्य गाउँपालिका समिती गठन गरिएको छ । कपास बिकास समिति खजुरा बाँकेमा राजेन्द्र सिंहले सन्चालन गर्नु भएको कार्यक्रम तिलबिर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ बाँके जिल्ला अध्यक्ष बसन्त मल्ल, जिफन्टका केन्द्रिय सदस्य पुर्णचन्द उपाध्याय, नेकपा खजुरा गाउपालिका समिति सदस्य खडक बहादुर ओलि लगाएतका अथितिहरुले सुभकामाना मन्तव्य दिनु भएको थियो ।