करिष्माले स्कूल ड्रेसमै परीक्षास्थल पुगेर दिइन एसईई

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५

आजै चैत्र १० गते यो सालको एसईई परीक्षाको सुरुवात भएको छ । यो सालको एसईई परीक्षामा देशभरबाट नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी मध्य नामचलेकी नायिका करिष्मा मानन्धर पनि सहभागी भइन । उनी स्कूल ड्रेसमै परीक्षा केन्द्रमा सहभागी भएर आफ्नो परीक्षा दिइन् ।

१४ वर्षको उमेरमा आफ्नो विद्यालय जीवनलाई छोडेर चलचित्रको रंगमा भिज्न पुगेकी उनी ४५ वर्षको उमेरमा फेरी त्यही बेन्च संग नाता गास्न पुगेकी छन् । कोसीस नै सफलताको पहिलो सिढी हो भन्ने करिष्मा यदि आफू असफल नै भए पनि दुख नमान्ने बताउँछिन्। सकारात्मक सोच भएकी उनी कुनै पनि कुरामा डराउन नहुने बताउँछिन् ।

महिलाहरु पछाडी पर्नुको कारण पनि शिक्षाको कमी नै हो भन्ने उनी शिक्षा जहिले पनि लिन सकिन्छ भन्ने सन्देश दिन पढाईलाई निरन्तरता दिएको बताउछिन् । पहिले गणित विषय अप्ठारो लाग्ने गरेको भए पनि आज भोली भने उनलाई विज्ञान चाहिँ अप्ठारो हो भन्ने भान भएको बताउछिन् । हारको अगाडी जित हुन्छ भन्ने उनी चैत्र १० गते आजबाट सुरु हुने एइईको परीक्षामा सामेल भएकी हुन् ।