अन्टुफ महानगर कमिटीले श्रमिकका समसामयिक विषयमा तत्काल अन्तरक्रियात्मक कार्यक्रम गर्छ –अध्यक्ष शरद सुबेदी

प्रकाशित मिति : आइतवार, चैत्र १०, २०७५

यही फागुन ९ गतेका दिन अखिल नेपाल टे«ड यूनियन महासंघ काठमाण्डौं महानगरपालिका समितिको बैठक सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि अखिल नेपाल टे«ड यूनियन महासंघ उपाध्यक्ष तथा ३ नं प्रदेश समितिका इन्चार्ज जयबहादुर कार्की, महासंघका उपमहासचिव शालिकराम काफ्ले, ३ नं प्रदेश समितिका अध्यक्ष पिताम्बर गिरी, उपाध्यक्ष रामचन्द्र कार्कीले समसामयिक राजनीतिक परिस्थिति, महासंघको वर्तमान परिस्थिति, एकता प्रक्रिया र हालको अवस्थामा काठमाण्डौं महानगरपालिका समितिले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

बैठकले महासंघ ३ नं प्रदेश समितिको ४५ दिने अभियान अन्तरगत काठमाण्डौं महानगरपालिका समितिले छिट्टै अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सुबेदीले बताएका छन ।

बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले आआफ्नो पेशको सांगठनिक रिर्पोट प्रस्तुत गर्नुभएको थियो । बैठक महानगरपालिका समितिका अध्यक्ष शरद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।