भो अब नसम्झ -कृष्ण शर्मा सुमु

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

फुटेका काँचका चुरा हुँ
थुकेको थुकको छिटा
न सम्झ अब भो मलाई
टुटेको साथको विदा।

न बोलाउ मलाई गाजलु
नभन भो अब मायालु
बाटो फरकफरक बनायो
गोरेटो अब मलाई न देखाउ।

लडेर अब उठे म
सासाना पत्थर नदेखाउ
पाइला म आफै चाल्छु
जिन्दगी पहाड न बताउ।

बाटो आफै खोज्यौ,
हिँड्नु पनि सक्यौं
भत्किए जस्तो न सोच
बलियो हुनू अब सिकायौ।

नरम मलाई नसोच
गरम भए अब न खोज
तातो रिस होईन है
छुच्चा भनी न घोच।

आकाशे सपना नदेखाउ,
धर्तीमा म अब खुसी छु,
लडेर उठेको शरीर हो
माथि माथि नदेखाउ।

सपना भत्किएको छैन
विपना अझै जिउँदै छ
मरेको जस्तै न खोज
सपना जोडनु अझै छ।

हारेको जुवाडे हुँ म
हार अझै मान्दैन
प्रत्येक हार हार्नु
खेल्नु अझै छोडदिन।

हुरिले लाछेको फुल हुँ,
गमलामा पनि फुलिदिन्छु,
चिन्ता नगर है अझै
ढुङ्गा भित्र पनि हाँसिदिन्छु।

कोठर अझै छुईन
दिल भित्र छ मेरो
रुनु पो सकिन त
आँसु किन झरेनरु

मानिसको यो चोला
फेरि फेरि आउदैन
बोलिको बाण न छोड
प्रत्येक मिनटमा न मार।

खुसीको फुल रोप्नु देउ
मेरो दिलको बारीमा
कोपिलामा न टिप्नु,
कोमल हृदयको बारीमा।

परेको पानी उठाउनु
अँजुली अघि राखेको छु,
साथ न दिए केही छैन
पछिबाट लात न दिनु।

दिलको सानू घरमा
छुराहरु न रोप
सक्छौ दाग मेटाउ
चोटको भारी न बोकाउ।

आसुको कथा न दिनु
भेट भए हाँसी दिनु
साथ नभए के भयो त
सबैलाई खोट नदिनु।

जीवन सिक्ने मैदान हो
यात्रा सिकाउने बाटो
जतिसक्दो आफै सिक्नु
गलती अरुमा न थोप्नु।

हिँडनु पर्छ जीवन यात्रामा
हिँडनेको चोट लाग्छ है,
बसी बसी बाटो हेर्नेको
लेउ मात्र अब लाग्छ है।

दुख कसलाई छैन है
सुख कसलाई पुगे छ,
भनिदेउ न ए हावा हो
मर्नु कसलाई छैन होरु

हार खानु हुँदैन
जीत कसैको पेवा होईन
ऐनाले पनि सिकाउछ
रुनु पनि सधैं ठिक होईन।