निर्माण मजदुर नेता स्व.ऋषिमान थापाको श्रद्धाञ्जली सभा सम्पन्न(छोटो चिनारीसहित)

प्रकाशित मिति : बिहिबार, चैत्र ७, २०७५

स्व. थापालाई श्रद्धान्जलि अर्पण गर्दै अन्टुफ महासचिव तथा साँसद जगत सिम्खडा

नर्भिक अस्पतालमा उपचारकै क्रममा अखिल नेपाल निर्माण मजदुर संघ ललितपुर जिल्ला समितिका अध्यक्ष ऋषिमान थापा मगरको मिति २०७५ साल चैत्र ०४ गते निधन भएको छ । उहाँको निधनमा अन्टुफ अध्यक्ष गणेश रेग्मी, महासचिव जगत सिम्खडा, निर्माण मजदुर संगठनका अध्यक्ष अमित लामा, उपाध्यक्षहरु नरहरी अर्याल, कमल न्यौपाने,महासचिव रमेश सिके,उपमहासचिव राजेन्द्र रुम्बा, बिनोद भण्डारी लगायतले गहिरो दुखव्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन । स्व. थापाको चारजना छोराहरुमध्ये वैदेशिक रोजगारीबाट पनि आउन समय लाग्ने भएकोले एकदिनसम्म पर्खिएको थियो ।चारै जना छोराहरुको आगमन पश्चात संगठनले श्रद्धान्जलि सभाको आयोजना गरेका थियो । थापाको श्रीमती पनि हुनुहुन्छ ।

ऋषिमान थापा मगर

थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि अखिल नेपाल निर्माण मजदुर संघको केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा राखिएको थियो। उक्त श्रद्धान्जलि सभामा अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव तथा प्रदेश नं। ३ का सांसद माननीय जगत सिमखडा, उपमहासचिव सालिक काफ्ले प्रदेश नं। ३ का अध्यक्ष पिताम्बर गिरि, निर्माण परिषद ईन्चार्ज राजकुमार लामा, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामा क्युपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईटेल लगायत सबै केन्द्रीय पदाधिकारीहरु तथा सदस्यहरु, काठमाडौ जिल्ला अध्यक्ष मदन बराईली लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, महानगर, नगरका अध्यक्षहरु लगायत पदाधिकारीहरुका साथै लगायत क्युपेक नेपालका विभिन्न तहका नेतृत्वगणहरुको बाक्लो उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भएकोछ।

सांगठनिकरुपमा भन्नु पर्दा वहाँ बिक्रम सम्बत २०५४ सालमा क्युपेक नेपालका ललितपुर जिल्ला सचिव पदमा बहाली हुनुहुन्थ्यो। देशको राजनीतिक परिवर्तन सङ्गै २०६३ साल देखि अखिल नेपाल निर्माण मजदुर संघका ललितपुर जिल्ला सचिव पदमै बहाल भै २०७५ साल पौष १८ गते भएको ललितपुर जिल्ला भेलाले वहाँ सर्बसम्मत ललितपुर जिल्ला अध्यक्षमा निर्बाचित हुनु भएको थियो।

संगठनमा रहँदा वहाँ अत्यन्तै मिलनसार, शालीन, संघर्षशील, कर्तब्यनिष्ठ, दूरदर्शी, पारदर्शी नेताकोरुपमा परिचित हुनुहुन्थ्यो। वहाँको मृत्युले हाम्रो संगठनलाई पर्न गएको अपुरणीय अतुलनीय क्षतिप्रति हाम्रो संगठन गम्भीर भएको छ। वहाँले संगठनलाई दिनु भएको योगदानको कदर गर्दै वहाँले पूरा गर्न बाँकी रहेका सांगठनिक अधुरो कार्य पूरा गर्न हाम्रो संगठनले अग्रणी भुमिका निर्बाहा गर्नेछ।

अन्त्यमा स्व। क। ऋषिमान थापा मगरको मृत्युप्रति चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकाकुल परिवारमा हार्दिक समबेदना सहित धैर्यधारण गर्ने शक्ति मिलोस भनी कामना पनि गर्दछौं।
दिबंगत थापा खोटाङ जिल्लाको सावाकटहरे गा। बि। स। वडा नं। ३ मा बुबा वीरबहादुर थापा मगर र आमा चम्फामाया थापा मगरको कोखबाट माइला सुपुत्रको रुपमा जन्म २०२१ साल चैत्र २५ गते  भएको थियो । उहाँ केवल ५४ वर्षको हुनुहुन्थ्यो ।
यो सामाग्री राजेन्द्र रुम्बाको फेसबुकको स्टाटसका आधारमा तयार गरिएको हो । उहाँ उक्त संगठनको उपाध्यक्ष समेत हुनुहुन्छ ।
स्व.ऋषिराम थापाप्रति हार्दिक श्रद्धान्जलि । लाल सलाम

श्रद्धान्जलि सभाको केही अन्तिम दृश्यहरु महासंघ र अनेनिर्माण मजदुर संघ लगायतका बरिष्ठ नेतागण