मजदुर नेता हरिप्रसाद मण्डलको हृदयघातका कारण निधन, महासंघद्धारा गहिरो शोक व्यक्त

जय कार्की प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५

हरिप्रसाद मण्डल  २०२५ साल जेठ १० गते-२०७५ फागुन चार गते

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य, महासंघ प्रदेश नं। २ का सहइन्चार्ज एवम् नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं २ का प्रदेश कमिटी सदस्य हरिप्रसाद मण्डलको मिति २०७५ फागुन चार गतेका दिन साँँझ ४ बजे हृदयघात भई असामयिक निधन भएकोमा संगठनलाई भारी क्षति हुन गएकोछ भने यो सिंगो संगठन स्तब्ध भएको छ ।
महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्षहरु, महासचिव, उपममहासचिवहरु तथा सिङ्गो महासंघले दुःख ब्यक्त गर्दै श्रद्धान्जलि तथा समवेदना ब्यक्त गर्दै सामाजिक संजालहरुमा विभिन्न बक्तव्यहरु जारी गरेका छन । पेसागत संगठनहरु र त्यसमा आवद्ध कैयौं नेता तथा कार्यकर्ताहरुले पनि दुःख व्यक्त गर्दै मनको बह सामाजिक संजालमा पोखेका छन् ।


स्व. मण्डलजी एक जुझारु तथा हक्की स्वभावका मजदुर नेता तथा पार्टीको इमान्दार नेता हुनुहुन्थ्यो । स्वभावैले निकै कम बोल्ने तर परिणाममा आमूलपरिवर्तनको पक्षमा खाटिरहने स्वभावका धनि थिए उनि ।
अखिल नेपाल ट्रेड युनियन महासंघमा रहँदा उहाँको कार्यक्षेत्र तराई–मधेशमा नै पायक पर्ने भएकोले उहाँलाई मधेशको मजदुर नेता पनि भनिन्थ्यो । उहाँ लचिलोमा अति लचिलो र क्रान्तिप्रति धोका दिनेहरुप्रति निकै कठोर पनि हुनुहुन्थ्यो । त्यसकारण उहाँ कहिलेकहीं एक्लै परेजस्तो पनि देखिनु हुन्थ्यो तर थोरै समयपछि केन्द्रिय तहको छलफलको विषय बनिहाल्नु हुन्थ्यो ।

उहाँ सँधै गलत प्रबृत्तिको विरुद्धमा क्रान्तिकारी संगठनको निर्माणमा जुटिरहनु भएको थियो । उहाँको स्वास्थ्य स्थितिबारेमा यसभन्दा अघि त्यस्तो कुनै खराबी थिएन तर अचानक हृदयघात भई उहाँ दिबंगत हुनपुग्नु भयो ।
कमरेड मण्डल वि.सं २०२५ साल जेठ १० गतेका दिन बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं। ५ मा जन्मनु भएको थियो । उहाँ पिता सिताराम महतो र आमा भगवति देबी महतोको कान्छो छोरा हुनुहुन्थ्यो । र, अहिले उहाँ बिरगंजको श्रीपुर पर्सामा बसोबास गर्दै आउँनु भएको थियो । २०५३ सालदेखि महासंघ र कम्युनिस्ट आन्दोलनमा कृयाशील हुनुन्थ्यो भने तत्कालिन ने। क। पा। ९मावोवादी० को जनयुद्धमा आफुलाइ समर्पितगर्दा वि.सं २०६० सालमा गिरफ्तार भइ बिरगंज, मलङगवा, सुन्दरिजल हुँदै नख्खु जेलमा झन्डै ३ बर्ष जेल जीवन बिताएका स्व.मण्डलको श्रीमती,२ छोरा १ छोरी छन्।
उहाँ तत्कालिन एमाओवादीको पोलिटव्युरो सदस्य समेत हुनुहुन्थ्यो । जेलमाँ रहँदा पनि बिभिन्न संघर्ष गर्दै आमरण अन्सन समेत बस्नु भएको थियो। उहाँ मधेशको चर्चित मजदुर नेताकोरुपमा पनि स्थपित हुनुहुन्थ्यो।

उहाँले महासंघ र पार्टीमा पुर्याउनु भएको योगदानको अखिल नेपाल टे«ड युनियन महासंघले उच्चमूल्याँकन गर्ने नै छ भन्ने अपेक्षा रहेको देखिन्छ ।

 

नेकपा प्रदेश २ ले हिजै शोक बक्तव्य जारी गरेको छ । बक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ । स्व. हरिप्रसाद मण्डलको शब्दचित्र अन्टुफ उपाध्यक्ष तथा प्रदेश २का इन्चार्ज सोनालाल साहले उपलब्ध गराएको हो । स्व. मण्डलको हिजो राती ११ बजे नै दाह संस्कार गरिएको थियो । महासंघ परिवार उहाँप्रति हार्दिक श्रद्धान्जलि ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गर्दछ ।

अन्टुफ अध्यक्ष गणेश रेग्मीको शोक बक्तव्य

जेल सँघर्षकोअथक योद्धा,अखिल नेपाल ट्रेडयुनियन महासँघ का सचिवालय सदस्य एवं २ नम्बर प्रदेशका सइन्चार्ज क. हरि प्रसाद मण्डल को आज चैत्र ४ गते साँझ ४ बजे ह्रिदय घात का कारण असामयिक निधनको खबर सुन्दा स्तब्ध बनाएको छ। बर्ग सँघर्षको एक असल निर्भिक योद्धा क. हरि मण्डल प्रति भाव पुर्ण श्रद्धाञ्जली साथै सोकाकुल परिवारजनमा गहिरो समवेदना।
अन्टुफ पूर्व उपाध्यक्ष बाबुरामको शोक बक्तव्य

अन्टुफ महाससचिव जगत सिम्खडाको शोक बक्तव्य

नेपाली श्रमिक आन्दोलनका एक होनाहार क्रान्तिकारी योद्धा हाम्रो गौरबशाली संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रिय समितिका सचिवालय सदस्य प्रदेस।न २ को स(इन्चार्ज क. हरी मंण्डलको दुखद निधनको खवरले स्तब्द बनाएको छ। क।हरी मण्डल प्रति भावपुर्ण श्रदान्जली अर्पन गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गदर्छु ।

उपमहासचिव सालिकराम काफलेको शोक बक्तव्य

हाम्रो गौरबशाली संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रिय समितिका सचिवालय सदस्य क. हरी मंण्डलको दुखद निधनको खवरले स्तब्द बनायो । क. हरी मण्डल प्रति भावपुर्ण श्रदान्जली अर्पन गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गदर्छु ।

अखिल नेपाल संघसंस्था तथा बैक बित्तिय श्रमिक संघको शोक बक्तव्य

अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय सचिवालय सदस्य तथा २ न प्रदेश सहइन्चार्ज क. हरि मण्डल आज चैत्र ४ गते ४ बजे हृदयघात भै असामयिक निधन भएको खबर सुन्दा हामी स्तब्द भएका छौ । ट्रेड युनियन महासंघ्का उदियमान नक्षत्र को आज अन्त्य भएको खबर सुन्दा दिननै रात झै भएको छ उहाको मृत्मामाप्रति हार्दिक श्रध्दाञ्जलि साथै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु।

उहाँको निधनप्रति उहाँका सहकर्मी साथीहरु, विभिन्न प्रदेश कमिटीका मजदुर तथा पार्टी नेता, महासंघका पूर्व नेता कार्यकर्ताहरुले पनि बक्तव्य जारी गर्दै दुख व्यक्त गर्दै मण्डलको उच्च मूल्याँकन गरेका छन ।

कमरेड हरि मण्डल लाल सलाम