पेट्रोलियम व्यवसायिक मजदूर संघ विच श्रम कार्यालयमा वार्ता

प्रकाशित मिति : शनिबार, चैत्र २, २०७५

अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घले आन्दोलन को तयरि गर्दै गर्दा नेपाल पेट्रोलियम डिलर एसोसिएसन र अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घलाई श्रम तथा रोज़गार कार्यालय कोशी(विराटनगर)ले चैत्र १० गतेको लागि वार्ताको आह्वान गरेको छ।

नया श्रम एन २०७४,सामाजिक सुरक्षा एन,न्यूनतम पारिश्रमिक लगायतका सेवा कार्यान्वयम नभएको भन्दै मजदूर संघले आन्दोलनको तयारी गरेको थियो। सो सन्दर्भमा श्रम तथा रोज़गार कार्यालयले समेत श्रम एन र सामाजिक सुरक्षा एन कार्यन्वयन गर्न गराउन नेपाल पेट्रोलियम डिलर्स एसोसियसन कोशीलाई पत्राचार गरिसकेको र जवाफमा डिलर एसोसियसनले केन्द्रीय कार्यालयबाट निर्देशन आएपछि कार्यन्वयन गर्ने भनि गैरजिम्मेवार पूर्ण पत्र पठाए पछि श्रम कार्यालयले वार्ता वोलाएको संघका जिल्ला अध्यक्ष कपलेश्वर मण्डलले जानकारी गराउनु भयो।

उहाले पेट्रोलियम व्यवसायीहरूले अटेर गरिरहे प्रदेश १ मा पेट्रोलियम पदार्थको विक्रिवितरण ठप्प पार्ने चेतावनी दिनु भयो।

यस अघि पनि व्यवशायी र मजदूर संघका केन्द्रीय पदाधिकारी बिच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो।