लेखनाथ बस्नेतले निकाले पशुपति शर्माको लुट्न सके लुटभन्दा कडा गीत ‘सुन सरकार सुन’

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा विवादमा तानिएपछि धेरै नेपालीले यसको विरोध गर्दै विभिन्न युट्युव च्यानलबाट त्यही गीतलाई धेरैले पुनः अपलोड गरे । कतिले त उक्त गीतलाई ब्यान्ड लगाएको भनेर सरकारको घोर विरोध गरेर गीतहरु पनि निकाले ।

त्यसरी नै गायक लेखनाथ बस्नेतले सरकारलाई ब्यूँझाउने र नेपाली जनता भोक, लुट, हत्या हिंसा, बलात्कार, महंगीमा पिल्सिएको कुरालाई सरकारसम्म पुर्याउने बुलन्दी आवाजको रुपमा सुन सरकार सुन बोलको गीत सार्वजनिक गरेका छन् । एउटा कलाकारले स्वतन्त्र रुपमा बोल्न पाउने अधिकारको हनन् भएको, देशमा रोजगारी नभएको तथा विभिन्न विसंगतीलाई व्यंग्य गर्दै गीत सिर्जना गरिएको छ । आफूले बोल्न पाउनु पर्छ, आफ्नो अधिकारको लागि बोल्दा गल्ती हुन्छ भने बरु आफूलाई जेल हाल्नको लागि गीतमा चुनौति दिइएको छ ।

यो गीत गायक स्वयं लेखनाथ बस्नेतले शब्द तथा संगीत गरेका छन् भने लेखनाथ बस्नेत र पूर्णकला बीसी, राम नेपाली, रमेश बाबु थापा, रामचन्द्र कोइरालाले स्वर दिएका छन् । सम्पूर्ण फिम्स्को पोष्ट प्रोडक्सन रहेको यस गीतलाई सरोजके श्रेष्ठले छायांकन गरेका छन्, मिन रावलले कलर तथा रुकेश बरालले सम्पादन गरेका हुन् । यस गीतमा सोनिया, लेखनाथ, टिकाराम तथा शम्भुको अभिनय देख्न सकिन्छ । यस गीतलाई सागर सिंह ठकुरीले निर्देशन गरेका हुन् ।

भिडियोः