बिप्लव भनेकाे के हाे ?

शरद पौडेल प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

बिप्लव भनेकाे के हाे ?

काे हाे बिप्लव ?

नेत्र बिक्रम नामका व्यक्तिहरू,

वा सबैखाले असमानता

बिरूद्दकाे आवाज ?

खड्क बिश्वकर्मा नामका

व्यक्तिहरू

कि सबैखाले उत्पीडन बिरूद्धकाे बिद्राेह ?

एकेक व्यक्ति व्यक्ति

हाे कि त्याे

त्याे हाे संगठित आवाज ?

सडकमा भाैतारिँदै गरिएकाे

ताेरीलाउरे पागलप्रलाप हाे

त्याे

वा त्याे हाे नविन समाज

निर्माणार्थ

कमी कमजोरी सहित

गरिएकाे सचेत प्रयत्न ?

लहड हाे, लुटेरा मात्र हाे त्याे

वा त्याे हाे मानवीय मर्यादा

र अस्मिताकाे खाेज ?

 

कमबेसि कमजाेरी सहित

समानताकाे खाेजमाथि

प्रतिबन्धकाे घाेषणा ठाेक्ने

हे ख्वामित !

तिम्राे घाेषणा युद्धाेन्मुख छ

अशान्ति र मुलुककाे झनै

बर्बादीतिर उन्मुख छ ।

 

हाे ! व्यक्तिकाे रूपमा

सयाैं बिप्लवहरू समातिन

सक्लान् ,

मारिन पनि सक्लान्

तिमीबाट,

तर असमानता,

उत्पीडन र उचनिच बिरूद्ध

तिम्ले लादेकाे पशुत्व बिरूद्ध

पीँधका जनकाे ह्रृदयबाट

उठेकाे

समानता र मर्यादाकाे सुदृढ

आवाज

कसरी प्रतिबन्धित गर्न

सकाैला र खै ?

 

ती सद्बिचारलाई त

हतियारले कसरी समन गर्न

सकाैला र खै ?

मानिसहरू मरे,

तर बिचारहरू,

असल बिचारहरू मरेनन कहिल्यै

इतिहासमा ।

जहाँ दमन भयाे ,

त्यहाँ प्रतिराेध पनि भयाे

ढिलाेचाँडाे इतिहासमा ।

इतिहासले हामीलाई

देखाएकाे,

सिकाएकाे

शिक्षा सायद यही नै हाे !!!