जनताको विश्वास र समर्थन कायम गर्ने चुनौति नेकपासँग खडा रहेको छः नेता योगेश भट्टराई

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा भ्रम छरेको आरोप लगाएका छन् ।वाइसिएल नेपालले पेरिस डाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मा कार्यक्रममा बोल्दै नेकपा नेता भट्टराईले सो कुरा बताएका हुन् ।

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनलले यसमा थप्दै उनले भने, कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेका छन् ।

जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै यस्ता क्रान्तिको आवश्यकता नरहेको ठोकुरा गरेका छन् ।

जनताको विश्वास र समर्थन कायम गर्ने चुनौति नेकपासँग खडा रहेको भन्दै उनले क्रान्तिका उकाली ओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।