अर्चना लुइटेलको नेतृत्वमा ओखलढुंगाका नेविसंघ नेताहरुद्वारा विरामी विद्यार्थीलाई आर्थिक सहयोग

देवीप्रसाद खनाल, कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५

काठमाण्डौं/ ओखलढुंगा नेपाल बिद्यार्थी सङ्घ सभापति रोशन महत्तरा, सहसचिव अर्चना लुइँटेल र मधुसुदन पराजुलीले अर्चना लुइटेलको नेतृत्वमा आज ओखलढुंगा च्यानम निवासी नेपाल बिद्यार्थी सङ्घका बिमल कार्कीलाई विभिन्न बिद्यार्थीहरुबाट आर्थिक सहयोग संकलन गरी जुटाइयको रकम हस्तान्तरण गरेका छन् ।

उनी GBS भन्ने नसा सम्बन्धी घातक रोगबाट पीडित भएपछि पार्टीका नेता कार्यकर्ता तथा सरकारी निकायहरुलाई सहयोगको अपिल गरिएको भए पनि उनको स्वास्थ्य उपचारको लागि कसैबाट पनि कुनै किसिमको सहयोग जुट्न नसकेपछि विद्यार्थी साथीहरु मिलेर थोरै भए पनि रकम संकलन गरी सहयोग गरिएको ओखलढुंगा नेविसंघका विद्यर्थी नेता मधुसुदन पराजुलीले बताए । कार्की त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर विएस्सीमा अध्ययनरत छन् ।

अध्ययनरत विद्यार्थी भएको कारण रकम धेरै संकलन गर्न नसकेपनि थोरै भए पनि उनको उपचारमा थप सहयोग मिल्ने कुरा पराजुलीले बताएका छन् । आठजना विद्यार्थीबाट जम्मा रु. १०,०००।- संकलन गरी हस्तान्तरण गरिएको थियो ।

सहयोग गर्ने बिद्यार्थीहरु:
१. रोशन महत्तरा रु.२०००/-
२. अर्चना लुइँटेल रु.२०००/-
३ भुबन दाहाल रु.२०००/-
४. मधुसुदन पराजुली रु.१०००/-
५. असोक किरण लुइँटेल रु.१०००/-
६. प्रदिप पहाडी रु. १०००/-
७. अरुण लुइँटेल रु. ५००/-
८. बिबिशा लुइँटेल रु. ५००/-