औद्योगिक मजदुर प्रदेश पाँचको सम्मेलनद्धारा हजरत अलि साइ अध्यक्षमा निर्वाचित

प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

अखिल नेपाल औद्योगिक मजदुर संघ ५ नम्बर प्रदेश सम्मेलन प्रदेश संयोजक हजरत अलि साइको सभापतित्वमा, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष गणेश रेग्मीको प्रमुख आतिथ्य एबं नेकपा बाँके कार्यदल सदस्य अक्कल बहादुर बम विशिष्ट आतिथि,अन्टुफ उपमाहासचिब सालिकराम काफ्ले ,अधिबक्ता युबराज लुइँटेल, प्रदेश इन्चार्ज लालकुमारी पुन ९सुसिला०, अ.ने.औद्योगिम मजदुर संघका अध्यक्ष भुमबहादुर रेग्मी, प्रदेश ५ का अध्यक्ष दानबहादुर ओलि,प्रदेश छ का अध्यक्ष ललित घर्ती, प्रदेश उपाध्यक्ष बद्रीप्रशाद जैसी, नारायण गिरि, प्रदेस सचिव भरत भट्टराईको आतिथ्यमा बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।


प्रदेश अध्यक्षमा हजरत अलि साइ बाँके, उपाध्यक्ष राजेश बिक रुपन्देही, सचिव दिपक बिक दाङ, कोषाध्यक्ष बिन्दा शर्मा बाके, सदस्यहरु मालतीप्रसाद जरिजन बाके, रामकुमार केवट परासी, रामबिलास यादब कपिलवस्तु, गुरुप्रसाद भन्डारी दाङ, सुरत बस्नेत रुपन्देही, मान बहादुर थापा रुपन्देही, प्रदिप चौधरी बर्दिया, कमला चौधरी परासीलाई भेलाले निर्बाचित गरेको छ। भेलालाई अधिबक्ता युबराज लुइँटेलले सामाजिक सुरक्षा एेन र योगदानमा अधारित सामाजिक सुरक्षा एेनको बारेमा प्रशिक्षण संचालन गर्नु भएको थियो ।

कार्ययोजना पारित गर्दै अन्टुफ बाँकेको बैठक सम्पन्न

अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके जिल्लाको बैठक यही फागुन २८ गते जिल्ला अध्यक्ष बसन्त मल्लको अध्यक्षतामा, प्रदेश इन्चार्ज लालकुमारी पुन ९सुसिला० को प्रमुख अथिति, अध्यक्ष दानबहादुर ओलि उपाध्यक्षहरु बद्रीप्रसाद जैसी, नारायण गिरिको अतिथिमा प्रदेश सचिव भरत भट्टराईको उपस्थितिमा बैठक सम्पन्न भयो, बैठकले जिल्लामा भएका स्थानीय तहमा बैठक बसि श्रम ऐन,सामाजिक सुरक्षा ऐन, न्युनतम पारिश्रम तत्काल सबै स्थानीय तहमा लागु गराउन संबंधित पक्षलाई दबाब दिने, पेशाका बैठकहरुलाई निरन्तरता दिने निर्णय गर्दै बैठक सम्पन्न भयो