आज पेट्रोलियम व्यवसायिक संघ र पेट्रोलियम मजदुर संघबीच बार्ता

प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घले आन्दोलनको तयरि गर्दै गर्दा नेपाल पेट्रोलियम डिलर राष्ट्रीय एसोसिएसनले अखिल नेपाल पेट्रोलियम मजदुर सङ्घलाई वार्ताको आह्वान गरेको छ। नया श्रम ऐन ,सामाजिक सुरक्षा ऐन ,न्यूनतम पारिश्रमिक लगायतका सेवा कार्यान्वयन नभएको भन्दै मजदूर संघले आन्दोलनको तयारी गरेको थियो।

सो सन्दर्भमा श्रम तथा रोज़गार कार्यालयले समेत श्रम ऐन र सामाजिक सुरक्षा एेव कार्यन्वयन गर्न गराउन नेपाल पेट्रोलियम डिलर्स रास्ट्रिय एसोसियसनलाई पत्राचार गरिसकेको समेत संघका केन्द्रीय अध्यक्ष शिव पोख्रेलले कम्युनिस्ट अनलाइनलाई जानकारी गराउनु भयो। उहाले पेट्रोलियम व्यवसायीहरूले अटेर गरिरहे देशव्यापी पेट्रोलियम पदार्थको विक्रि वितरण ठप्प पार्ने चेतावनी दिनु भयो। बार्ता आज १२ बजेबाट शुरु भएको छ ।