अ.ने.सेक्युरिटी मजदुर संघमा राप्रपा र तरुण दलका दुई नेता प्रवेश

प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

सिन्धुपाल्चोक सुनकोसी गाउपालिका राप्रपा अध्यक्षमा उठेकी उम्मेदवार मुना पौडेल पराजुली र सिन्धुपाल्चोक क्षेत्र न १ का तरुण दलका सक्रिय सदस्य राधिका खत्री अखिल नेपाल सेक्युरिटी मजदुर संघ सिन्धुपाल्चोक जिल्ला समितिमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिंदै समिति गठन गरिएको अनेसमसंघ प्रदेश ३ का अध्यक्ष खगेन्द्रराज धिमालले बताएका छन् ।

मिति २०७५ फागुन २५ गते सनिवार ३ प्रदेश अन्तरगत अखिल नेपाल सेक्युरिटी मजदुर संघ सिन्धुपाल्चोक जिल्ला समिति बैठक बसि राधिका खत्रीको अध्यक्षतामा ११ सदस्य भएको जिल्ला संगठन निर्माण गरिएको छ ।

प्रमुख अतिथि अखिल नेपाल सेक्युरिटी मजदुर संघ सिन्धुपाल्चोक ईन्चार्ज रमेश नेपाल र विषेश अतिथि ने।क।पा सिन्धु काठमाडौ मंचका सदस्य दिपक नेपाल हुनुहुन्थ्यो नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यन्वयन दृढतापुर्बक कार्यान्वयनका लागि अघिवढौ भन्ने मुल नाराका साथ साथै संगठनको सदस्यता वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।