दाङ अन्टुफ जिल्ला समितिको बैठक सम्पन्न, स्थानीय तहसम्म संगठन निर्माण गर्ने

भरत भट्टराई प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

प्रदेश ५ को अखिल नेपाल ट्रेड युनियन महासंघ दाङ जिल्लाको बैठक यही फागुन २७ गतेका दिन जिल्ला अध्यक्ष सुमन रोका मगरको अध्यक्षतामा, प्रदेश इन्चार्ज लालकुमारी पुन ‘सुसिला’ को प्रमुख अथिति, अध्यक्ष दानबहादुर ओलि अतिथि, प्रदेश सचिव भरत भट्टराई तथा सहसचिव कृष्ण पान्डेको उपस्थितिमा बैठक सम्पन्न भयो । बैठकले जिल्लामा भएका स्थानीय तहमा श्रम ऐन, सामाजिक सुरक्षा ऐन, न्युनतम पारिश्रम तत्काल सबै स्थानीय तहमा लागु गराउन संबंधित पक्षलाई दबाब दिने, पेशाका बैठकहरुलाई निरन्तरता दिने निर्णय गर्दै बैठक सम्पन्न भएको समाचार प्राप्त भएको छ ।