अर्घाखाची अन्टुफ जिल्ला समितिको बैठक सम्पन्न

प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

प्रदेश ५ को अखिल नेपाल ट्रेड युनियन महासंघ अर्घाखाँची जिल्लाको बैठक यही फागुन २६ गतेका दिन सन्दिखर्कमा जिल्ला अध्यक्ष काजीमान रायमाझीको अध्यक्षतामा, प्रदेश अध्यक्ष दानबहादुर ओलिको प्रमुख अतिथिमा प्रदेश सचिव भरत भट्टराई तथा जिल्ला इन्चार्ज बिष्णु परियार  आतिथ्यमा बैठक सम्पन्न भयो । बैठकले जिल्लामा भएका स्थानीय तहमा श्रम ऐन, सामाजिक सुरक्षा ऐन, न्युनतम पारिश्रमिक तत्काल सबै स्थानीय तहमा लागु गराउन संबंधित पक्षलाई दबाब दिने पेशाका बैठकहरुलाई निरन्तरता दिने निर्णय गर्दै बैठक सम्पन्न भको जानाकारी सचिव भरत दाहालले बताएका छन ।