देवेन्द्र पाण्डेको ‘मेरो प्रेम प्रस्ताव’ सार्वजनिक, गीतले धमाका मच्याउँने

देवीप्रसाद खनाल/कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

काठमाडौं/ चर्चित तथा व्यस्त चलचित्र तथा म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेद्वारा निर्देशित ‘मेरो प्रेम प्रस्ताव’ बोलको गीत आज सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत रहेको उक्त गीतमा सरु गौतम तथा धुर्व विश्वले सुमधुर आवाज दिएका छन् ।

दिपेन गौतमको प्रोडक्सन रहेको यस गीतलाई मुभी फ्याक्ट्रीले पोष्ट प्रोडक्सन गरेको हो भने म्युजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतलाई छायांकन गत्सव दाहाल, कलर ग्रेडिङ मनोरन्जन श्रेष्ठ तथा सम्पादन साहिल खानले गरेका हुन् । यस गीतमा चर्चित नायिका शिल्पा पोखरेल तथा दिक्पाल कार्कीले दमदार अभिनय गरेका छन् । गीतलाई ओएसआर डिजिटलको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतले माग गरे अनुसारको ठाउँ आउट डोर तथा इन डोर र गीतलाई न्याय दिने किसिमले कलाकारले अभिनय प्रस्तुति दिएको निर्देशक देवेन्द्र पाण्डेले जानकारी दिए । गीत अहिलेको परिवेश र युवाको भावना अनुरुप उनीहरुलाई सुहाउँदो तथा उत्कृष्ट बनेकोले एक पटक हेर्नैपर्ने पाण्डेले बताए । गीतलाई सफलताको हार्दिक शुभकामना ।

भिडियोः