एउटा खुट्टा काँधमा राखेर स्कुटर चलाउन सक्ने प्रतिभाषाली युवती सुनैना (भिडियो सहित)

देवीप्रसाद खनाल/कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, फाल्गुन २७, २०७५

मानिसमा आ–आफ्नै प्रतिभा लुकेको हुन्छ । आफ्नो प्रतिभालाई जति उजागर गर्न सक्यो त्यति नयाँ नयाँ जोस जाँगर र नयाँ कुराहरुको थालनी गर्ने इच्छाशक्ति पैदा हुन्छ । त्यस्तै गोरखा नेपालमा जन्मेकी एक होनाहार नेपाली चेलीले स्कुटीलाई एउटा खुट्टा काँधमा राखेर चलाएकी छिन् । केही समय अगाडि स्कुटी पाए खुट्टा काँधमा राखेर चलाउन सक्ने बताएकी उनले अवसर पाउने वित्तिक्कै उक्त काम गरेर देखाएकी छिन ।

आफ्ना हात खुट्टालाई जतासुकै पनि मर्काउन सक्ने तथा स्कुटी काँधमा राखेर चलाउन सक्ने होनाहार युवती हुन् गोरखाकी सुनैना खनाल । उनी कराँतेमा ब्ल्याक बेल्ट सम्म पास गरेकी छिन् । उनले कराँतेलाई आफ्नो आत्मरक्षाको लागि प्रयोग गर्दै आएकी छिन् । पारिवारिक समस्याको कारण अध्ययनमा आफू अगाडि बढ्न नसके पनि आफ्नो प्रतिभा उजागर गर्न पाए भविष्यमा प्रगति गर्न सक्ने गुनासो पोख्छिन् । यस्तो प्रतिभालाई राज्यबाट कुनै न कुनै अवसरको खाँचो रहेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोसः